बारा, २३ मंसिर । बाराका फोटो पत्रकार फैजुल्लाह आलमको निधन भएको छ । मंगलवार साँझ वीरगंज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो...
बारा, २३ मंसिर । बाराका फोटो पत्रकार फैजुल्लाह आलमको निधन भएको छ । मंगलवार साँझ वीरगंज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
मस्तिष्कघात भएपछि आइतवार अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले जनाएका छन् । परिवार स्रोतका अनुसार आलमको बुधवार बिहान धार्मिक विधिअनुसार अन्त्येष्टी गरिनेछ ।
केही वर्षअघि भएको पक्षघातले शारिरीक समस्या भोगिरहेका आलम त्यसयता स्वास्थ्य लाभ गरिरहेका थिए । स्वास्थ्यकै कारण पछिल्लो समय फोटोपत्रकारितामा समेत उनि सक्रिय हुन सकेका थिएनन् ।
नेपाल फोटोपत्रकार संघ बाराको पूर्वकोषाध्यक्ष र हाल सल्लाहकार समिति सदस्य समेत रहेका आलमले वीरगंजबाट प्रकाशित हुने दैनिकलगायतका पत्रिकामा काम गर्दै आएका थिए ।

COMMENTS