$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने

  बाग्मती, १५ मङ्सिरः बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना...


 बाग्मती, १५ मङ्सिरः बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरिएको छ । 

 
सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरा लगायतका संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएपछि सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरेको हो । 
 
सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी दुवै तर्फका ५३१ घरटहरा तथा संरचना भत्काइने छन् । 
 
पहिलो चरणमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेदेखि हेटौँडा बुद्ध चौक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्ध चौकदेखि सामरी पुलससम्मको सडक सीमा खाली गरिने प्रमुख अधिकारीले बताउनुभयो ।
 
पटक पटक रोकिँदै आएको सडक विस्तारको काम यसपटक अगाडि बढाइने र करिब साढे नौ किलोमिटर सडक क्षेत्रभित्र रहेका नेपाल बैङ्क लिमिटेड तथा हिमालयन बैङ्क र तीनवटा पेट्रोल पम्प लगायतका भौतिक संरचना हटाउनुपर्ने प्रमुख अधिकारीको भनाइ छ । 
 
विस्तार हुने सडक सीमाक्षेत्र पर्ने तीनवटै पेट्रोल पम्पलाई अन्य स्थानमा स्थानान्तर नभएसम्म पेट्रोलियम पदार्थ उपलब्ध नगराउन सडक डिभिजन कार्यालय हेटौँडाले नेपाल आयल निगमलाई पत्राचार गरिसकेको छ । मुख्य सडकको दायाँबायाँ दुवैतर्फको संरचना हटाउन पटकपटक सूचना जारी गर्दासमेत स्थानीयले अटेर गरेपछि स्थानीय प्रशासनले त्यस्ता संरचना हटाएर सडक विस्तारको काम अघि बढाउन पहल थालेको हो ।
 
जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा विशेष ‘टास्क फोर्स’ गठन गरी सडक विस्तारलाई अघि बढाएको छ । सडक डिभिजन कार्यालय हेटौँडाका सूचना अधिकारी इञ्जिनियर यादव सुवेदीको संयोजकत्वमा गठित टास्क फोर्सले पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनाको नाप नक्सा र रेखाङ्कन गरी रङ लगाउने काम गरिरहेको छ । 
 
“हामीले पाएको जिम्मेवारी अनुसारको काम सुरु गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा हामीले संरचना हटाउन माइकिङ गर्ने, सडकको दुवैतिर नाप र रेखाङ्कनको काम अघि बढाइसकेका छौँ ।” काम गर्ने क्रममा समस्या नहोस् भन्ने टोलीमा अन्य सरोकारवाला निकायका प्रतिनिधिलाई पनि राखेर अघि बढेको उहाँको भनाइ छ । 
 
गठित विशेष टास्क फोर्स समितिमा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरण लगायतका सरोकारवाला निकायका प्रतिनिधि सदस्य छन् । 
 
टास्क फोर्सले हेटौँडा सडक विस्तारका लागि एसियाली विकास बैङ्क (एडिबी) बाट स्रोत सुनिश्चित  भइसकेकाले सडक विस्तारको कामलाई तीव्र रुपमा अघि बढाइने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनुभयो । 
 
उहाँले सडक विस्तारका क्रममा विद्युत् खानेपानी, टेलिफोन लगायतका अत्यावश्यक सेवा अवरोध नहुने गरी सरोकारवाला निकायसँग निरन्तर समन्वय गरी काम अघि बढाउने तयारी भएको बताउनुभयो । 
 
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५÷२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरिसकेको छ । 
 
तोकिएको समय सीमाभित्र धनीले त्यस्तो संरचना नहटाए सडक डिभिजन कार्यालयले भत्काएर हटाउने र त्यसमा लाग्ने सम्पूर्ण लागत खर्च सम्बन्धित व्यक्तिबाटै धनीमा असुलउपर गर्ने जनाएको छ ।  रासस

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content