शिक्षक–शिक्षिकालाई ज्याकेट वितरण विद्यार्थीहरुको शिक्षा संगै अतिरिक्तमा अब्बल
वीरगंज, २९ मंसिर ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा अवस्थित सन साइन्स इङलिस बोडिङ्ग स्कुलले सोमबार इन्टर हाउस डान्स प्रतियोगिता कार्यक्रमको आयोजना गर्नुका साथै विद्यालयमा कार्यरत शिक्षक,शिक्षिकाहरुलाई जाडो याममा प्रयोग गरिने ज्याकेट वितरण गरेको छ।
विद्यालयका संचालक एवम् प्याब्सन वीरगञ्ज महानगर सचिव अमित आलोकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि श्रीवास्तवले विद्यालयका सम्पूर्ण शिक्षक,शिक्षिकाहरुलाई जाडो याममा प्रयोग हुने ज्याकेट वितरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रीवास्तवले सन साइन्स इङलिस बोडिङ्ग स्कुलले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापहरूमा समेत सक्रियता देखाएकोप्रति विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता प्रतियोगिता तथा कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिनुभयो।
इन्टर हाउस डान्स प्रतियोगितामा विद्यालयका विभिन्न हाउसका विद्यार्थीहरूले आकर्षक तथा मनमोहक नृत्य प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रस्तुतीले उपस्थित अभिभावक, शिक्षक शिक्षिका तथा अतिथिहरूलाई उत्साहित बनाएको थियो।
विद्यालय प्रशासनले शिक्षक,शिक्षिकाहरुको मनोबल उच्च राख्न तथा विद्यार्थीहरूको क्षमता विकासमा निरन्तर यस्ता कार्यक्रमहरू आयोजना गर्दै अगाडि बड्ने प्रतिबद्धता बिधालयका सन साइन्स स्कुलका संचालक अमित आलोकले व्यक्त गरेका छन् । उनलेे भने विद्यार्थीहरुको क्षमता संगसंगै शिक्षा क्षेत्रमा समेत अब्बल बनाउने रणनीति आफुले लिएको बताएका छन् ।इन्टर हाउस डान्स प्रतियोगितामा ग्रुप डान्समा प्रथम रेड हाउस दोस्रो ग्रिन हाउस र सिंङगल प्रथम ग्रिन हाउस दोस्रो रेड हाउस भएको संचालक अमित आलोकले बताएका हुन ।उक्त इन्टर हाउस डान्स प्रतियोगिताको निर्णयक मण्डल मार्टिन मुक्तले गर्नुभएको थियो । कक्षा ६ का विद्यार्थी नन्दनी पटेलले डान्स प्रशिक्षण दिएका थिए। कार्यक्रममा प्याब्सन महानगर सदस्य बिजय बल,जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षक दिपक कुशवाहाले गरेका थिए।



COMMENTS