वीरगञ्ज कलेज द्वारा तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न संस्कार र संस्कृतिलाई संरक्षण गर्नुपर्ने वक्ताहरूको भनाइ
वीरगञ्ज। वीरगञ्ज कलेज, श्रीपुर–११, वीरगञ्जमा हिन्दु धर्मावलम्बीहरूको महान् पर्व शुभ दीपावली (तिहार) तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज कलेजका सञ्चालक समिति अध्यक्ष डा. दीपेन्द्र चौधरीको सभापतित्व तथा कलेजका क्याम्पस प्रमुख विनोद गुप्ताको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरूका साथै सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकअर्कालाई तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिएका थिए।
यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक तथा कलेज परिवारबीच आपसी सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै नेपाली समाजमा रहेका विभिन्न सांस्कृतिक तथा धार्मिक पर्वहरूको महत्व र परम्पराबारे नयाँ पुस्ताहरुलाई परिचित गराउन सहयोग पुग्ने विश्वास कलेजले गरेको क्याम्पस चिफ गुप्ताको भनाइ रहेको छ। कार्यक्रमको समापन समारोहमा कलेजका अध्यक्ष डाक्टर चौधरीले विद्यार्थीहरूले शिक्षासँगसँगै अतिरिक्त क्रियाकलाप सामाजिक सांस्कृतिक एवं धार्मिक परम्पराहरूलाई पनि संरक्षण र संरक्षण गर्न अहिलेको अवस्थामा महत्वपूर्ण रहेको भन्दै यसले विद्यार्थीहरू र कलेज परिवारको सम्बन्धमा थप मद्दत पुग्ने धारणा व्यक्त गर्नुभएको थियो।

COMMENTS