$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले "प्याब्सनद्वारा ‘क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत हस्तलेखन प्रतियोगिता सम्पन्न

विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले "प्याब्सनद्वारा ‘क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत  हस्तलेखन प्रतियोगिता शनिबार रोयल ...

विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले "प्याब्सनद्वारा ‘क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत  हस्तलेखन प्रतियोगिता शनिबार रोयल एकेडेमी स्कुलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) द्वारा ‘प्याब्सन सम्पन्न भएको छ  प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी तथा   प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा सो हस्तलेखन प्रतियोगिता  सम्पन्न हो। निजी विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै विद्यार्थीहरूको आफ्नो क्षमता अभिवृद्धि गर्ने उद्देश्यले   वीरगञ्ज  पर्सा  प्याब्सन द्वारा विद्यार्थीहरूमा रहेको सिर्जनात्मक क्षमता, कलात्मक प्रतिभा तथा लेखन सीपको विकास गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले ‘प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत हस्तलेखन प्रतियोगिता  आयोजना गरेको अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिनुभएको छ। आयोजित प्रतियोगितामा , साउथ जोन मावि,, रोयल एकाडेमी  एसआर ग्यालेक्सी, नवदीप एकाडेमी  लिटिल एन्जल्स स्कुल  गौतम मावि  मुनलाइट मावि प्रथम द्वितीय  तृतीय चौथो पाचौ  स्थान हासिल गर्न सफल भएको थियो  प्रतियोगितामा  २५ विद्यालयका १८४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए।

प्रतियोगितामा अङ्ग्रेजी र नेपाली गरी चार - चार वटा  समूहमा विभाजन गरिएको थियो! कक्षा १- २ ३  ए ग्रुप ४-५ बी ग्रुप छ सात आठ सी ग्रुप  ९ र १० डी ग्रुप विद्यार्थीहरूको कक्षागत स्तर अनुसार चार समूहमा विभाजन गरिएको प्याब्सन महानगर सचिव अमित आलोकले जानकारी दिएका छन् । उनका अनुसार कक्षा १ देखि ३, ४ देखि ५, ६ देखि ८ र ९ देखि १० सम्मका विद्यार्थीलाई छुट्टाछुट्टै समूहमा राखेर प्रतिस्पर्धा गराइएको थियो।

प्रत्येक समूहबाट प्रथमदेखि पाँचौँ स्थान हासिल गर्ने विद्यार्थीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रले  सम्मान गरिने अध्यक्ष राहुल श्रीवास्तवले बताएका हून! प्रतियोगिताको अर्को विधा चित्रकला कार्यक्रम आइतबार आयोजना हुने प्याब्सन महानगरका अध्यक्ष श्रीवास्तवले   बताएका छन्।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान र विकासलाई पनि प्राथमिकता दिँदै आएको बताए। उनले यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूलाई समाजमा आफ्नो पहिचान स्थापित गर्न र जीवनमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो कल्पनाशक्ति, सिर्जनशीलता र कलात्मक क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताए। उनका अनुसार चित्रकलाले कल्पनाशक्ति र रचनात्मक सोचको विकासमा सहयोग पुर्‍याउनेछ भने हस्तलेखन प्रतियोगिताले अक्षरलाई स्पष्ट, आकर्षक र व्यवस्थित रूपमा लेख्ने बानीको विकास गर्न प्रेरित गर्ने छ।

शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिने उद्देश्यले प्याब्सनले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको आयोजकले जनाएको छ। यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, स्वस्थ प्रतिस्पर्धाको भावना र आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।कार्यक्रममा प्याब्सन पर्साका , वरिष्ट उपाध्यक्ष सुशीला साह उपाध्यक्ष  सचिव अशोक संग्रौला  एवं कार्यक्रम संयोजक वीरेन्द्र यादव प्याप्सन महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा पुर्व नगर सचिव  सन्नी पाख्रिन , प्याप्सन महानगर सदस्य बिजय बल  रोयल एकाडेमीकी प्रिन्सिपल विजया ओझैया सदस्य सुलभ केसी गौतम स्कुलका कोर्डिनेटर सौराज प्रधान निर्णायक मण्डलहरू दिपेन्द्र आचार्य राजेश थापा सदन माविका प्रिन्सिपल लालबहादुर गुरुङ  प्याप्सन मिडिया दिपु वर्णवाल सुमीत तथा  विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिकासहित पत्रकार जगत राई,  र क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल लगायतको उपस्थिति रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content