समाजिक अभियानबाट उदाएका कृष्णा पटेलको पकाहामैनपुर गाउँपालिका प्रमुख पदको उम्मेदवारी दिने घोषणा
वीरगञ्ज । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकाको प्रमुख पदमा आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने युवा नेता कृष्णा पटेलले घोषणा गरेका छन्। मधेस आन्दोलनबाट उदाएका युवा एवं जुझारु पटेल आफ्नो हक अधिकार र पहिचानका लागि अहिले पनि उत्तिकै सक्रिय रहँदै आएका छन्। उनले राजनीति क्षेत्रमा मात्र नभएर सामाजिक अभियानमा पनि उत्तिकै लोकप्रिय हुन
वीरगञ्जमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै पटेलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवारीका लागि फाराम भरेको जानकारी दिएका हुन्।
उनले गाउँपालिकाको समग्र विकास र समृद्धिको लक्ष्यसहित अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताए। ग्रामीण क्षेत्र रहेको पकाहामैनपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ।
पर्साको पकाहामैनपुर गाउँपालिका–धोरे निवासी पटेल सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनले नेपाली राजनीतिका विभिन्न आन्दोलनमा समेत सक्रिय सहभागिता जनाउँदै योगदान दिएको बताएका छन्।
पटेलले गाउँमा आफ्नै व्यक्तिगत खर्चबाट समेत विभिन्न सामाजिक कार्य गर्दै आएको दाबी गरेका छन्। गाउँपालिकाको विकास, नागरिकको जीवनस्तर सुधार तथा आधारभूत सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आफू चुनावी प्रतिस्पर्धामा उत्रिन लागेको उनले बताएका छन् ।

COMMENTS