$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

चित्रकला प्रतियोगिताले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले "प्याब्सनद्वारा ‘क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न

चित्रकला प्रतियोगिताले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले "प्याब्सनद्वारा ‘क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत चित्रकला प्...

चित्रकला प्रतियोगिताले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले "प्याब्सनद्वारा ‘क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत चित्रकला प्रतियोगिता  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) द्वारा ‘प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न भएको छ! प्याप्सन  बीरगंज पर्सा को संयुक्त आयोजनामा उक्त चित्रकला प्रतियोगिता क्लासिक बैंकक सम्पन्न भएको हो  प्याब्सन    जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी र प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षता तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यको प्रमुख आतिथ्यमा सो चित्रकला कार्यक्रम सम्पन्न भएको थियो। चित्रकला प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि डाक्टर शाक्यले विद्यार्थीहरूको शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा अब निजी विद्यालयहरू अगाडि बढ्न अति आवश्यक रहेको धारणा राख्नुभएको छ।  उहाँले भने अब विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञानको पनि उत्तिकै आवश्यकता रहने भएकोले यस्ता अतिरिक्त क्रियाकलापहरू निजी विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै विद्यार्थीहरूको आफ्नो क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो‘जहाँ रङहरू भेटिन्छन् सुन्दर अक्षरहरूसँग’ भन्ने मूल भावनासहित आयोजना गरेको यो कार्यक्रमले विद्यार्थीहरूमा धेरै प्रभाव पर्ने बताउनुभएका छन्!

 त्यसैगरी शिक्षा एकाइ समन्वय का प्रमुख मोती रहमानले  प्रतियोगिताले विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा सिर्जनात्मकलाई प्रस्फुटन गर्न, कलाप्रतिको रुचि बढाउन तथा सुन्दर र व्यवस्थित हस्तलेखनको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको बताएका हुन्। प्याब्सन अध्यक्ष चौधरीले बताए अनुसार हामी निजी विद्यालयहरू हरेक क्षेत्रमा विद्यार्थीहरूको बौद्धिकता विकास होस् र उनीहरूमा लुकेका त्यस्ता प्रतिभाहरूको खोजी प्याप्सनले गर्ने भएकोले यस्तो कार्यक्रम मार्फत समाजमा अगाडि ल्याउने र आफ्नो जीवनशैली परिवर्तन गर्नमा महत्वपूर्ण योगदान दिने समेत बताएका छन्। त्यसैगरी प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले भने यो प्रतियोगितामार्फत विद्यार्थीहरूले आफ्नो कल्पनाशक्ति, सिर्जनशीलता र कलात्मक क्षमतालाई प्रस्तुत गर्ने अवसर प्राप्त गर्ने अवसरको थलो बन्ने बताए। चित्रकलाले विद्यार्थीहरूको कल्पनाशक्ति र रचनात्मक सोचको विकासमा सहयोग पुर्‍याउनेछ भने हस्तलेखन प्रतियोगिताले अक्षरलाई स्पष्ट, आकर्षक र व्यवस्थित रूपमा लेख्ने बानीको विकास गर्न प्रेरित गर्ने  भएकोले प्याप्सनले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिने उद्देश्यले यस्ता सिर्जनात्मक गतिविधिहरूमा महत्त्वपूर्णका विद्यार्थीहरूलाई यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न र आफ्नो प्रतिभा प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास  प्याप्सनले लिएको बताएका छन्। प्याब्सनले विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक, बौद्धिक तथा सिर्जनात्मक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष  श्रीवास्तवले बताए ।" चित्रकला प्रतियोगितामा २७ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको समापन समारोहमा प्याप्सनका केन्द्रीय प्रागिक सदस्य डाक्टर हरिशंकर शाह प्याप्सन मधेश प्रदेशका सल्लाहकार मनिपाख्रिङ लालबाबु पटेल वरिष्ठ उपाध्यक्ष सुशीला शाह  उपाध्यक्ष वीरेन्द्र यादव प्याप्सन महानगर उपाध्यक्ष शर्मान्द   कुशवाहा  विजय बल पूर्व सचिव सनी पाख्रिन सल्लाहकार श्याम केसी  लालबहादुर गुरुङ बिजयै ओझैया  क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल महासचिब राकेश साह मानव आश्रमका केन्द्रीय सदस्य देवेश मानव जगत समाचारका सञ्चालक जगत राई प्याप्सन मिडिया कोर्डिनेटर दिपुवर्णवाल लगायत विभिन्न विद्यालयका प्रिन्सिपल शिक्षक शिक्षिका एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो। विजेताहरुलाई मेडल सिल प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रमको स्वागत मन्तव्य प्याप्सन जिल्ला सचिव अशोक संग्रोलाले गर्नुभएको सो कार्यक्रमको सञ्चालन प्याप्सन महानगर सचिव अमित आलोकले गर्नुभएको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content