$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्याब्सन पर्सा र प्याप्सन महानगरले संयुक्त रूपमा शिक्षक शिक्षिका अभिभावक विद्यार्थीहरु संग राहत संकलन गर्दै

प्याब्सन पर्सा र प्याप्सन महानगरले संयुक्त रूपमा  शिक्षक शिक्षिका अभिभावक विद्यार्थीहरु संग राहत संकलन गर्दै वीरगञ्ज  रसुवाका बाढीपीडित परिव...

प्याब्सन पर्सा र प्याप्सन महानगरले संयुक्त रूपमा  शिक्षक शिक्षिका अभिभावक विद्यार्थीहरु संग राहत संकलन गर्दै वीरगञ्ज  रसुवाका बाढीपीडित परिवारलाई सहयोग गर्न प्याब्सन  जिल्ला कार्यसमिति पर्सा र प्याप्सन महानगरको संयुक्तअपिल

वीरगञ्ज, ११ भदौ । रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा हिमपहिरोका कारण प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), जिल्ला कार्यसमिति पर्सा र प्याब्सन महानगरको संयुक्त रूपमा  राहत संकलन गर्न सहयोग अभियानमा सहभागी हुन जिल्लाका सम्पूर्ण सदस्य विद्यालयहरूलाई अपिल गरेको छ

प्याब्सन जिल्ला कार्यसमिति पर्सा  र प्याप्सन महानगरले  जारी गरेको अपिलमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको तथा धेरै परिवारले आफन्त गुमाउनुका साथै घर–आवास र सम्पत्तिसमेत गुमाएर गम्भीर पीडा र संकटमा परेकाहरुलाई सहयोग गर्न सो विज्ञप्ति मार्फत अपिल गरेको छ। बाढी तथा हिमपहिरोबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडित तथा प्रभावित नागरिकको शीघ्र उद्धार, उपचार र पुनःस्थापनाको काम सफल होस् भन्ने प्याप्सनले कामना समेत गरेको छ।

प्याब्सन पर्साले प्राकृतिक विपत्ति कुनै व्यक्ति, संस्था वा समुदायको मात्र समस्या नभई सम्पूर्ण समाज र राष्ट्रको पीडा भएको बताउँदै विपद्मा परेकाहरूलाई सहानुभूतिमा मात्र सीमित नराखी आफ्नो सामर्थ्यअनुसार सहयोगको हात बढाउनु मानवीय तथा सामाजिक दायित्व भएकोले यस विपतको घडीमा प्याप्सनसँग आबद्ध भएका  सम्पूर्ण विद्यालयहरू अभिभावक हरू र विद्यार्थी तथा शिक्षक शिक्षिका कर्मचारी लगायत सहभागी हुन आग्रह र अपिल सो विज्ञप्ति मार्फत जनाएको छ। 

शिक्षा क्षेत्रमा क्रियाशील जिम्मेवार सामाजिक संस्थाका रूपमा प्याब्सन वीरगञ्ज तथा पर्साले विपद्को घडीमा रसुवाका पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग अभियानमा सहभागी हुन सम्पूर्ण सदस्य विद्यालयहरूलाई आग्रह गरेको हो। विद्यालयहरूले आफ्नो क्षमता र इच्छाअनुसार विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यालयबाट स्वेच्छिक सहयोग रकम संकलन गरी उपलब्ध गराउन सक्ने जनाइएको छ। 

सहयोग रकम ठूलो वा सानोभन्दा पनि विपत्तिमा परेका परिवारप्रति देखाइने सद्भाव र एकताको भावना महत्वपूर्ण हुने प्याब्सन पर्साले जनाएको छ। सहयोगका लागि कुनै बाध्यता वा दबाब नरहेको र विद्यालयको निर्णयअनुसार इच्छाअनुसारको रकम प्याब्सन पर्साले उपलब्ध गराएको तोकिएको बैंक खातामा जम्मा गर्न अनुरोध गरिएको छ। 

प्याब्सन पर्साका अनुसार सदस्य विद्यालयहरूबाट प्राप्त हुने सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। उक्त रकमबाट विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास प्याब्सन पर्साले व्यक्त गरेको छ।अपिलमा आज रसुवामा परेको विपत्ति भोलि अन्यत्र पनि आउन सक्ने भएकाले संवेदनशील समयमा एकअर्काको साथमा उभिनुपर्नेमा जोड दिइएको छ। सानो सहयोगले पनि कुनै परिवारको घरमा खाद्यान्न पुग्न, तत्काल राहत मिल्न तथा विपद्पछि नयाँ जीवन सुरु गर्ने आशा जगाउन सक्ने प्याब्सन पर्साको भनाइ छ।

प्याब्सन वीरगञ्ज तथा पर्साका सम्पूर्ण सदस्य विद्यालयहरू एकजुट भई मानवीय अभियानमा सक्रिय सहभागिता जनाउने विश्वास व्यक्त गर्दै विद्यालय केवल शिक्षा प्रदान गर्ने संस्था मात्र नभई सामाजिक उत्तरदायित्व र संवेदनशील नागरिक निर्माण गर्ने महत्वपूर्ण केन्द्रसमेत भएको अपिलमा उल्लेख गरिएको छ। विद्यार्थी, अभिभावक र समाजमा सेवा, सहयोग, करुणा तथा मानवताको सकारात्मक सन्देश प्रवाह गर्न सामूहिक कदम चाल्न आह्वान गरिएको छ।

पत्रमा प्याब्सन महानगर वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव र प्याब्सन  जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । सहयोगका लागि खाता नाम: PABSON PARSA, खाता नं. 02901000000077500178, बैंक: प्राइम कमर्सियल बैंक लिमिटेड, वीरगञ्ज शाखा रहेको विज्ञप्ति मार्फतमा भनिएको छ

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content