वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत ११ पुसमा पाँच खेल सम्पन्न भएका छन्। आदर्शनगरस्थित मैदानमा भएका खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरे।
बीरगंज/पौष ११ गते पहिलो खेल (बोयज) मा लिटल फ्लावर स्कूलले फुर्कान स्कुललाई ५ विकेटले पराजित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने अमन यादव म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेल (गर्ल्स) मा अल्पाइन सेकेन्डरी स्कुलले ज्ञान वाटिका सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्यो। यस खेलकी म्यान अफ द म्याच रिया यादव बनिन्।
तेस्रो खेल (बोयज) मा साउथ जोन सेकेन्डरी स्कुलले जीवन ज्योति सेकेन्डरी स्कुललाई ७ विकेटले हरायो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितेश पटेल म्यान अफ द म्याच घोषित भए।
यस्तै चौथो खेल (गर्ल्स) मा माउन्ट मकालु सेकेन्डरी स्कुलले लिटल एन्जल सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गर्यो। खेलकी म्यान अफ द म्याच अनु यादव घोषित भइन्।
दिनको अन्तिम खेल (बोयज) मा ब्लु हेभेन सेकेन्डरी स्कुलले एसआर ग्यालेक्सी एकेडेमीलाई २५ रनले पराजित गर्यो। यस खेलका म्यान अफ द म्याच पृथ्वी पटेल बने।
आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।


COMMENTS