$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

अल्पाइन माध्यमिक विद्यालयमा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट ९०० जना लाभान्वित

 वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित अल्पाइन माध्यमिक विद्यालयमा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट ९०० जना लाभान्वित भएका छन्। सामुदायिक स...


 वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित अल्पाइन माध्यमिक विद्यालयमा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट ९०० जना लाभान्वित भएका छन्।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर, पर्साको सहयोग तथा समन्वयमा बिहीबार सञ्चालन गरिएको शिविरमा महिला, पुरुष, विद्यार्थी तथा बालबालिकासहित ९०० जनाले आँखा परीक्षण गराएका हुन्।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा अस्पताल काठमाडौं र वीरगञ्ज सामुदायिक आँखा केन्द्र घण्टाघरको आयोजनामा शिविर सञ्चालन गरिएको थियो। शिविरमा स्थानीय बासिन्दाले निःशुल्क आँखा परीक्षण सेवा लिएका थिए।


आयोजकका अनुसार शिविरमा महिला तथा पुरुषसहित विद्यार्थी र बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो। शिविरको उद्देश्य सर्वसाधारणलाई सहज रूपमा आँखा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै आँखासम्बन्धी समस्याको पहिचान गरी समयमै उपचारका लागि सचेतना अभिवृद्धि गर्नु रहेको थियो।


शिविरमा जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जीव बाबु खड्काको प्रमुख अतिथिका सो आँखा शिविर कार्यक्रम सम्पन्न भएको हो!


कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी सहायक निरीक्षक मनोजकुमार महतो, वीरगञ्ज सामुदायिक आँखा केन्द्र घण्टाघरका संयोजक डा. महेश सिंह धामी, सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका अध्यक्ष राम सर्राफ, वरिष्ठ उपाध्यक्ष जयलाल साह, सहकोषाध्यक्ष राधा शर्मा, सचिव कुलनारायण प्रधानलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी प्रहरी सहायक हवलदार विश्वेश्वर प्रसाद साह, प्रहरी जवान सुशीला नेपाली, संस्थाका सदस्यहरू विपिन उपाध्याय, मनिष सिंह, ऐनुलहक देवान, गीता चौहान, विष्णु बसैला, यशोदा गजुरेललगायत स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सामुदायिक सेवा केन्द्र मुर्लीको सक्रियता र समन्वयमा आयोजित शिविरले स्थानीय बासिन्दालाई आफ्नै क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ।

समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत जनहितका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आयोजित यस्ता गतिविधिले प्रहरी, सामाजिक संस्था र स्थानीय समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउनुका साथै जनस्वास्थ्यप्रति नागरिकको सचेतना बढाउन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। त्यसैगरी अल्पाइन कलेजका संचालक विनोद उपाध्यायले विद्यार्थीहरूलाई आँखाको समस्या हुनबाट बचाउने उद्देश्यले यो निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताएका छन्। उनले भने आँखा जस्तो संवेदनशील अङ्ग भएकोले अभिभावकहरूले पनि आफ्ना नानीबाबुहरूको आँखामा ध्यान दिन अति आवश्यक रहेको सञ्चालक उपाध्यायले बताएका हुन्!

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content