$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मानीत

 अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन...


 अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान

वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन प्लस टु कलेजले डान्डिया नृत्य कार्यक्रम आयोजना गरेको छ। कलेज परिसरमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत ४ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा डान्डिया नृत्यमा सहभागी विद्यार्थीहरूलाई अल्पाइन प्लस टु कलेजका सञ्चालक विनोद उपाध्यायले प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका थिए। कार्यक्रममा कलेजका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक उपाध्यायले डान्डिया नृत्यजस्ता सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो संस्कार र संस्कृतिप्रति अपनत्वको भावना विकास गर्नुका साथै मौलिक संस्कृति संरक्षणमा समेत योगदान पुर्‍याउने बताए। यस्ता कार्यक्रममार्फत कलेजले समाजमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने उद्देश्य राखेको उनले बताए।

सञ्चालक उपाध्यायले कलेजले अध्ययन–अध्यापनसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको जानकारी दिए। उनका अनुसार कलेजमा नृत्य, संगीत, खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलाप नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।

विजयादशमीको अवसरमा आयोजित डान्डिया नृत्य कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रमले विद्यार्थीहरूमा आपसी भाइचारा, सहकार्य र सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास कलेजको रहेको संचालक उपाध्यायले बताएका छन्! कलेजले यस्ता विभिन्न कार्यक्रमहरु बेला बखत आयोजना गर्दै आइरहेको संचालक उपाध्यायले बताएका हुन्! विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभएर व्यवहारिक शिक्षाको पनि आवश्यकता रहने भएकोले यो प्रतियोगिता आयोजना गरिएको संचालक उपाध्यायको भनाइ रहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content