$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

हिन्दू मुस्लिम विवाद नयाँ होइन, यो पुरानो रोग हो — वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मी_

हिन्दू मुस्लिम विवाद नयाँ होइन, यो पुरानो रोग हो — वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मी_  १४ साउन, वीरगंज । जब-जब हिन्दू-मुस्लिम विवाद ...

हिन्दू मुस्लिम विवाद नयाँ होइन, यो पुरानो रोग हो — वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मी_  १४ साउन, वीरगंज ।

जब-जब हिन्दू-मुस्लिम विवाद सुरु हुन्छ, पहिला सबै शान्त बस्छन्। विवाद बढेर चर्किएपछि सबैभन्दा पहिला सर्वदलीय बैठक हुन्छ, त्यसपछि धार्मिक अगुवाहरूको बैठक हुन्छ, र अन्त्यमा सद्भाव र्‍याली निस्कन्छ।  

तर कुनै पनि बेला यसको जरोसम्म पुग्ने प्रयास हुँदैन।  

दोषीमाथि कारबाही केवल नाटक मात्र हुन्छ। धार्मिक अगुवाको रुपमा राजनीतिक व्यक्ति पनि उपस्थित हुन्छन्।

मुस्लिम र हिन्दू दुवैका अगुवाहरू आफूलाई चारै वेदका ज्ञाता बताउँछन्। कसैले सोच्छ होला, मुस्लिम अगुवा चार वेदका ज्ञाता कसरी हुन्छन्, यो त हिन्दूको कुरा हो। तर म आफै आफ्नो गाउँको मस्जिदमा हुने कार्यक्रममा "चतुर्वेदी" अर्थात् चार वेदका ज्ञाता मुस्लिम धार्मिक अगुवाको प्रवचन सुनेको छु।

मेरो मान्यता के हो भने धर्मका अगुवालाई आफ्नो धर्मको साथसाथै अन्य धर्मको ज्ञान पनि हुनुपर्छ अर्थात् सर्वधर्म जानकार हुनुपर्छ। यदि त्यसो छैन भने ऊ धार्मिक अगुवा होइन, ऊ त केवल धार्मिक आतंकवादी हो। किनभने आधा-अधुरो ज्ञान अत्यन्तै खतरनाक हुन्छ।

आगामी दिनमा सर्वदलीय, सर्वपक्षीय बैठकमा धार्मिक अगुवाहरूलाई राख्नुपर्छ।

म जन्मेको गाउँ रामगढवा (हाल वीरगंज-२४) मा मुस्लिमहरूले छठ व्रत बस्ने गरेको मैले देखेको छु। यति मात्र होइन, मेरो परिवारले मेरो लागि ताजियाको भाकल गरेको थियो र हामी ताजिया बोकेर जान्थ्यौं। हिन्दू-मुस्लिम सँगै ताजिया बोकेर जान्थ्यौं।  

तर बिडम्बना, आज ती सबै कुरा बन्द भएका छन्।  

त्यो समयमा न बुर्का थियो, न छोटो पाइजामा र टोपी, न पहेंलो र हरियो रङले भित्ता पोतिन्थ्यो।

आज पनि हिन्दू-मुस्लिमहरु एक पङ्तिमा बसेर भोज खान्छन्।

यदि यही अवस्था रह्यो भने हिन्दू र मुस्लिमबीचको मारपिट, झगडा टोल-टोल, घर-घरको छेउसम्म पुग्नेछ। समाज मात्र बाँडिने छैन, जीवन नै कष्टकर बन्नेछ।

मधेशमा हिन्दू-मुस्लिम झगडाका कारणहरू:-

1. सरकारी बजेटबाट मन्दिर, मस्जिद, ईदगाह र मदरसा निर्माणमा अत्यधिक लगानी हुने,

2. धार्मिक कार्यक्रमका लागि सरकारी बजेट र बिना रोकटोक चन्दा असुली - जसको हिसाब-किताब हुँदैन,

3. धार्मिक कार्यक्रमको नाममा जुलुस अर्थात् शक्ति प्रदर्शन,

4. विदेशी घुसपैठ - मस्जिदमा अधिकांश मौलवी र शिक्षक विदेशी हुने। पढाइमा नेपाली भाषा वा मातृभाषाको ठाउँमा अरबी-उर्दू हुने। के पढाइ हुन्छ, त्यसको बारेमा अभिभावकलाई पनि थाहा हुँदैन,

5. चुनावमा धर्म हावी हुनु अर्थात् धर्मको आधारमा भोट बैंक बनाउनु।

यही कारणले विवाद अन्त्य हुन सक्दैन। जबसम्म जरोमा पुगेर कुरा गरिँदैन, तबसम्म सद्भाव र्‍यालीबाट केही हुँदैन।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content