$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सिम्रौनगढ नगरपालिका बारामा लैङ्गिक हिंसा रोकथाम सम्बन्धी योजनाको विषयगत समीक्षा सम्पन्न

मधेस प्रदेशको सिम्रौनगढ नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि तयार गरिएको एक वर्षीय योजनाको समीक्षा तथा साझेदारी बैठक आइतबा...


मधेस प्रदेशको सिम्रौनगढ नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि तयार गरिएको एक वर्षीय योजनाको समीक्षा तथा साझेदारी बैठक आइतबार सम्पन्न भएको छ। बैठक सिम्रौनगढ नगरपालिका उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजना गरिएको थियो।

बेलायत सरकारको आर्थिक सहयोगमा पिपल इन निड, हामी दाजुभाई र दिव्य विकास स्रोत केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित सुरक्षा र न्याय कार्यक्रम अन्तर्गत नगरपालिकाले तयार गरेको उक्त योजनामाथि विषयगत छलफल तथा कार्यशाला गरिएको हो। छलफलमा दिव्य विकास स्रोत केन्द्र, नेपाल प्रहरी, सिम्रौनगढ नगरपालिका भित्र क्रियाशील सामुदायिक संघसंस्था, नागरिक समाजका अगुवा तथा जनप्रतिनिधिहरूले आ–आफ्नो तर्फबाट गरेको योगदान र प्रयासबारे विस्तृत समीक्षा गरिएको थियो।


कार्यशालामा हालसम्म करिब ७१ प्रतिशत योजना सफलतापूर्वक कार्यान्वयन भएको जानकारी गराइएको थियो।कार्यक्रम सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो। नगर प्रमुख कलवारले दिव्य विकास स्रोत केन्द्रले नगरपालिकाभित्र लैङ्गिक हिंसा रोकथामका क्षेत्रमा प्रभावकारी काम गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले नगरपालिकाले लैङ्गिक हिंसा रोकथामलाई प्राथमिकतामा राख्दै योजनामार्फत कार्यक्रमहरू अगाडि बढाइरहेको र यसको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

नगरपालिकाले यस क्षेत्रमा छुट्याएको बजेट प्राविधिक कारणले पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै, आगामी माघ १५ गते हुन गइरहेको नगर परिषद् बैठकबाट आवश्यक बजेट बिनियोजन गरी बाँकी कार्य अघि बढाइने योजना रहेको नगर प्रमुख कलवारले जानकारी दिनुभयो। साथै, विभिन्न संघसंस्था, स्थानीय अगुवा तथा समाजसेवीहरूको सक्रिय सहयोग पाउनु नगरपालिकाका लागि सौभाग्यको विषय भएको उहाँले बताउनुभयो।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा विभिन्न संघसंस्था र विशेष गरी दिव्य विकास स्रोत केन्द्रको महत्वपूर्ण भूमिका रहेको भन्दै नगर प्रमुखले धन्यवाद व्यक्त गर्नुभयो। आगामी दिनहरूमा यस विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सबै निकायलाई एकजुट भएर अघि बढ्न उहाँले आह्वान गर्नुभयो।


छलफल कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका परियोजना प्रबन्धक गणेश ठकुरीले सरोकारवाला निकाय, जनप्रतिनिधि तथा संघसंस्थाहरूको संयुक्त प्रयास बिना लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्य प्रभावकारी हुन नसक्ने बताउनुभयो। उहाँले यसले नगरपालिकाको समग्र विकास, समुदायमा शान्ति स्थापना र बालबालिकालाई सुरक्षित वातावरणमा विद्यालय जान सुनिश्चित गर्ने कुरा उल्लेख गर्नुभयो। साथै, योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके नगरपालिकाको LISA मूल्याङ्कनमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभएको हो।












कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका परियोजना अधिकृत सुनिल कुमार, सिइओ लता मौर्य, विभिन्न वडाका वडा अध्यक्षहरू, नगरपालिकाका बोर्ड सदस्यहरू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय संघसंस्था, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content