माउन्ट मकालु स्कुल र रोयल किड्स मन्टेश्वरी एण्ड डिकेयर सेन्टरका अभिभावकहरूद्वारा रक्षाबन्धन प्रतियोगिता सम्पन्न प्रथम सपना चौरसियाले बाजी मारिन्।
बीरगंज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकामा रहेको रोयल किड्स मन्टेश्वरी एण्ड डिकेयर सेन्टरमा अध्यापन गराइरहेका विद्यार्थीहरूको अभिभावकहरूबीच रक्षाबन्धनको अवसरमा रक्षाबन्धन अभिभावक प्रतियोगिता सम्पन्न भएको छ। रोयल किड्स montessori and डिकेयर सेन्टरकी प्रिन्सिपल रुचिका श्रीवास्तवको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा अभिभावकहरूले प्रतिस्पर्धा गर्दै अति सुन्दर रक्षाबन्धनहरू तयार गरेका थिए निर्णायक मण्डलहरुलाई उक्त प्रतियोगितामा सहभागी भएका अभिभावकहरुलाई विजेता घोषणा गर्न हामे हामे भएको थियो 




अन्तमा निर्णायक मण्डलहरूले प्रथम सपना चौरसिया दोस्रो मधु शाह तेस्रो विनिता दास तेस्रो सुनैना चौरासिया चौथो मञ्जु गुप्ता र अर्का चौथो ऋषिका दास अभिभावकहरू भएका थिए। विजेता भएका अभिभावकहरूलाई प्रिन्सिपल रुचिका श्रीवास्तवले प्रमाणपत्र तथा मायाको चिनोले सम्मानित गर्नुभएको थियो। भने प्रतियोगितामा सहभागी भएका सम्पूर्ण अभिभावकहरुलाई प्रमाणपत्रले सम्मानित गरिएको हो प्रतियोगितामा शिक्षिकाहरू सोनी रौनियार खुस्बु सरार्फ आरती गुप्ता प्रियंका रौनियार इत्दीती पाण्डे र श्रुती सरार्फ तथा अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी आजै माउन्ट मकालु बोर्डिङ स्कुलका विद्यार्थीहरूका अभिभावकहरूले पनि रक्षाबन्धनको अवसरमा अभिभावकहरू बीच रक्षाबन्धन प्रतिस्पर्धा कार्यक्रम सम्पन्न भएको प्रिन्सिपल राहुल श्रीवास्तवले जानकारी दिनुभएको छ



COMMENTS