

सगरमाथा एकेडेमी द्वारा‘राखी बनाउने प्रतियोगिता २०८३’ भव्य रूपमा सम्पन्न बिजेता तथा उपबिजेताहरुलाई प्रणामपत्र र मेडले सम्मानित
वीरगञ्ज, ११ भदौ ।
सगरमाथा एकेडेमी वीरगञ्ज प्रा. लि. (मुरली-१२, वीरगञ्ज, पर्सा) को खेल मैदानमा आयोजना गरेको आज हिन्दूहरूको पवित्र पर्व रक्षाबन्धनको पावन अवसरमा "राखी मेकिङ प्रतियोगिता २०८३" (Raakhi Making Competition 2083) उत्साहजनक रूपमा सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक एवम् नेशनल प्याब्सन बिरगंज नगर अध्यक्ष श्री जियालाल गुप्ताको सभापतित्वमा आयोजित उक्त विशेष समारोहको विद्यालयका संयोजक श्री संजिव यादव गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि HTML view का रूपमा श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालय, वीरगञ्जका प्रधानाध्यापक श्री मुनिलाल कर्णको प्रमुख आतिथित्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
, प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि निर्णायक मण्डल (Judges) मा: नरेश कुर्मी (संस्थापक/प्रधानाध्यापक, गुगल एकेडेमी)
श्री देव जयसवाल(संस्थापक/प्रधानाध्यापक, ए प्लस एकेडेमी)श्रीमती सुशीला साह (संस्थापक/प्रधानाध्यापक, नवदीप माध्यमिक विद्यालय) र बिशेष अतिथी गौतम श्रीवास्तवको उपस्थित रहेको थियो!
प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो कला, कल्पनाशक्ति र रचनात्मक क्षमताको प्रयोग गर्दै अत्यन्तै आकर्षक एवं मनमोहक राखीहरू तयार पारेका थिए। मौलिक संस्कृति र चाडपर्वको महत्त्वबारे विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिलाउनुका साथै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यो कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै सभापति एवम् प्रधानाध्यापक जियालाल गुप्ताज्यूले कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रमुख अतिथि, सम्पूर्ण निर्णायक मण्डल, शिक्षक-कर्मचारी तथा प्रतिस्पर्धी विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। सो अवसरमा अतिथि तथा निर्णायकहरूलाई मायाको चिनो (Token of Love) र बिधार्थीहरुलाई प्रथम, दोश्रो र तेश्रो हुनेलाई नगद पुरस्कार र मेडल सर्टिफिकेट प्रणाम पत्र तथा सम्मान गरिएको थियो।





COMMENTS