समाजिक संस्था जिल्ला समन्वय समिति र nce नेपालको संयुक्त आयोजनामा अन्तक्रिया युवाहरूलाई कुलहतबाट बेलैमा सचेत गर्नुपर्ने वक्ताहरूको भनाइ!!
समाजिक संस्था जिल्ला समन्वय समिति पर्सा र एनसीई नेपालको संयुक्त आयोजनामा शुक्रबार आफ्नै सभा हलमा भिन्न परिवेश साझा आकांक्षा भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ! सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इमब्राहिम देवानको अध्यक्षता तथा एनसीई नेपालका केन्द्रीय उपाध्यक्ष राम प्रवेश साहको प्रमुख अतिथिमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो! अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष साहले युवाहरूलाई सही दिशामा परिचालन गर्न सबै संघसंस्थाहरू लाग्नुपर्ने आग्रह गर्नुभएको थियो। अहिले धेरै युवाहरू कुलतमा लागेको भन्ने कुराहरू चर्चा आइरहँदा चियापान पसल चोक चौराहामा उनीहरू पहिचान हुने भएकोले त्यस्ता ठाउँहरूमा पुगेर सही मार्ग निर्देशन दिनपर्ने सुझाव समेत राख्नुभएको थियो। त्यसैगरी नेपाल रेड क्रस सोसाइटी पर्साका सभापति ब्रिजकिशोर पटेलले अहिले धेरै युवाहरू कुलतमा फसेर मुद्दा मामला खेप्नु परेको र केही मात्र युवाहरु राम्रा कामहरु पनि गरेको देख्न सकिन्छ भनेर बताएका छन्! युवाहरू समाज र राष्ट्र निर्माणमा लाग्नुपर्नेमा साथीभाइको लैलैमा लागू औषध सेवन गर्ने देखि लिएर ओसारपोसार चोरी जस्ता घटनामा युवाहरूकै संलग्नता धेरै रहेको घटनाहरू अहिले देखा पर्न लागेकोले यसलाई बेलैमा सुधार गर्न आवश्यक रहेको टिप्पणी समेत गरेका थिए। त्यसैगरि सामाजिक संस्था जिल्ला समन्वय समितिका भोलेन्टियर दुलारचन्द साहले युवाहरूलाई समाजिक क्षेत्रमा उत्प्रेरित गर्नमा हामी जस्ता युवाहरू लाग्न अति आवश्यक रहेकोले त्यस्ता कुलतमा फसेका युवाहरुलाई सम्झाई बुझाई गलत बाटोबाट सही बाटोमा ल्याउनुपर्ने धारणा राखेका थिए। उनले भने अहिले युवाहरु बेरोजगारीका कारण पनि कुलतिर फसेको हो कि भन्ने आशंका उब्जेको र बालेन सरकारले यस्ता बेरोजगार युवाहरुलाई सही समयमा सदुपयोग गरी रोजगारी दिन सकेको खण्डमा धेरै युवाहरू विदेश पलायन र लागु औषधबाट उनीहरुलाई मुक्त गर्न सकिने अवसरको रूपमा लिनुपर्ने आफ्नो धारणा राखेका हुन! त्यसैगरी दिव्य विकास स्रोत केन्द्रका प्रबन्धक निर्देशक रामकान्त पटेलले कुलातमा फसेकाहरूलाई सही दिशामा ल्याउन अहिले पनि सामाजिक संस्था हरु लागि परेको र सामाजिक संस्थाहरुले युवाहरुलाई धेरै अवसरको रुपमा प्रयोग गर्दै आइरहेकोले केही हदसम्म रोजगारीमा अवसर पाइरहेको धारणा राख्नुभएको थियो। सरकारले यस्ता युवाहरुलाई सदुपयोग गर्न सके खण्डमा धेरै युवाहरु लागू औषधको कुलतबाट जोगाउन सकिने बताउनुभएको छ यसैगरी जय नारायण चौधरीले युवाहरूलाई रोजगारीतर्फ लगाएको खण्डमा यस्ता लागू औसत र कुलतबाट केही हदसम्म रोक्न सकिने र उनीहरूको सीप र अध्ययनको विषयअनुसार रोजगारी दिनुपर्ने धारणा राख्नुभएको थियो। उनले भने अहिले पनि युवाहरूले आफ्नो जनशक्ति विदेशमा खर्च गर्नुपर्ने र वैदेशिक रोजगारीमा दैनिक हजारौं जानुपर्ने बाध्यताहरू आइरहेको बताएका छन्। कार्यक्रमको स्वागत मन्तव्य गर्ने क्रममा सामाजिक संस्था जिल्ला समन्वय समितिका उपाध्यक्ष सन्देश चौहानले युवाहरु अहिले सहरमा मात्र नभएर विभिन्न गाउँपालिकाहरूमा पनि कुलतमा फसेकाले उनीहरूको पहिचान गरी पालिकाहरूले उचित व्यवस्थापन गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन्। उनले भने अहिले पनि केही बिग्रेको छैन सबैले आफ्नो पालिका मा यस्ता युवाहरुलाई पहिचान गरी रोजगारीतर्फ अग्रसर गराउन सके उनीहरु अगाडि बढ्न सक्ने धारणा राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण ललन पटेलले गरेका थिए





COMMENTS