बीरगञ्ज महानगरपालिका वार्ड नं १५ मा रहेको नवदीप एकेडेमी स्कुलको १३ औँ वार्षिक उत्सवको अवसर पारेर हिजोबाट सुरु गरेको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नवदिप एकेडेमी स्कुलकी सञ्चालिका एवं प्रिन्सिपल सुशीला शाहको सभापतित्व तथा बीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखाका आनन्द लामिछानेको प्रमुख आतित्यमा सो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लामिछानेले नवदिप स्कुल यो वर्षबाट माध्यमिक विद्यालयको अध्यापन गराउने इजाजत प्राप्त गरेकोले सफलताको शुभकामना दिनुभएको थियो।वार्षिक उत्सवको अवसर पारेर दुई दिनेसांस्कृतिक एवं विभिन्न नृत्यहरू आयोजना गरेर बालबालिकाहरूमा लुकेको प्रतिभालाई नमुनाको रुपमा आफूहरुलाई प्रस्तुत गर्ने असर प्रधान गर्नु धेरै नै राम्रो पक्ष भएको बताए। नवदिप स्कुलले कम समयमा धेरै उपलब्धि हासिल गरेकोले वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखा र निजी विद्यालयहरू एकआपसमा समन्वय र सहकार्य गरेर पर्सा जिल्लालाई शिक्षाको हक बनाउन अति आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।
उनले क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरेर सांस्कृतिक एवं अतिरिक्त क्रियाकलापमा समेत अब्बल भएको लामिछानेले सो वार्षिक उत्सव समारोहमा बताउनुभएको हो। उनले भने यस विद्यालयले वर्षभरि गर्ने एक्टिभिटीहरूलाई आजको दिन आफ्ना अभिभावकहरू मार्फत प्रत्यक्ष अवलोकन र हेर्न पाउने भएकोले यसलाई अभिभावकले कस्ता विद्यालयहरूमा आफ्ना नानीहरू अध्ययन गरिरहेको छ भन्ने विषयमा समेत जानकारी पाउन सकिने बताउनु भएको थियो। वार्षिक उत्सव समारोहमा प्याप्सनका महानगर अध्यक्ष राहुल श्रीवास्तव प्याप्सन मधेस प्रदेशका सल्लाहकार इमामुद्दिन अहमद प्याप्सनका पूर्व जिल्ला अध्यक्ष एवं हिसानका जिल्ला उपाध्यक्ष आलोक चौरासिया प्याप्सन महानगर सचिव अमित आलोक प्याप्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय प्याप्सनका पूर्व सचिव सन्ने पाख्रीन मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव लगायतले नानीहरूले विभिन्न उत्कृष्ट सांस्कृतिक कार्यक्रम आयोजना गरेर आफ्नो प्रतिभालाई उजागर गर्ने काम गरेकोमा विद्यालय परिवारलाई एवं शिक्षक शिक्षिकाहरूलाई शुभकामना एवं धन्यवाद दिनुभएको थियो।
उहाँहरुले शिक्षा सँगसँगै प्याप्सनले अहिले विभिन्न अतिरिक्त क्रियाकलबहरू आयोजना गर्दै आइरहेकोमा अभिभावकहरूले आफ्ना नानीहरूको इच्छा अनुसार अगाडि बढ्न सुझाव दिनुभएको हो।जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई लगायतले आआफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण नेहा अग्रवाल सौरुपा पौडेलले गरेकी थिइन्।











COMMENTS