$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

पकाहमैपुर गाउँपालिका अध्यक्षमा युवा कृष्ण पटेलको उम्मेदवारी, कृषि स्वास्थ्यदेखि रोजगारीसम्म प्राथमिकता

पकाहमैपुर गाउँपालिका अध्यक्षमा युवा कृष्ण पटेलको उम्मेदवारी, कृषि स्वास्थ्यदेखि रोजगारीसम्म प्राथमिकता पर्सा । पर्साको पकाहमैपुर गाउँपालिका...

पकाहमैपुर गाउँपालिका अध्यक्षमा युवा कृष्ण पटेलको उम्मेदवारी, कृषि स्वास्थ्यदेखि रोजगारीसम्म प्राथमिकता

पर्सा । पर्साको पकाहमैपुर गाउँपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै  सहयोगी युवा कृष्ण पटेलले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। स्थानीयस्तरमा सहयोगी र सक्रिय युवाका रूपमा परिचित पटेलले गाउँपालिकाको समग्र विकासलाई केन्द्रमा राख्दै विभिन्न प्राथमिकतासहित चुनावी मैदानमा आउने तयारी गरेको बताएका छन्।

पटेलले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य पकाहमैपुर गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि ' सहिद ' अपाङ्ग ' जेष्ठ नागरिक महिला युवाहरु तथा रोजगारीका क्षेत्रमा आत्मनिर्भर बनाउनु रहेको बताएका छन्। उनले गाउँपालिकामा रहेका विद्यमान समस्या पहिचान गरी स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै विकासका कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका प्रमुख एजेन्डामध्ये (स्वास्थ्य क्षेत्रको सुधार )पहिलो प्राथमिकतामा रहेको छ। गाउँपालिकाका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्ने, स्वास्थ्य संस्थाको सेवा विस्तार गर्ने तथा आवश्यक स्वास्थ्य पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा जोड दिने उनको योजना छ।

त्यस्तै, =(शिक्षाको गुणस्तर सुधार )गर्दै गाउँपालिकाभित्रका विद्यालयमा आवश्यक भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने पटेलको एजेन्डा रहेको छ। विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ।

पकाहमैपुर गाउँपालिकाको प्रमुख आर्थिक आधारका रूपमा रहेको( कृषिको आधुनिकीकरण र व्यावसायीकरण )लाई पनि पटेलले प्राथमिकतामा राखेका छन्। किसानलाई आधुनिक कृषि प्रविधि, आवश्यक सीप, बजारको पहुँच तथा उत्पादनमा आधारित सहयोग उपलब्ध गराई कृषिलाई थप आयआर्जनको माध्यम बनाउने उनको योजना छ।

युवालाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले( सीप विकास, रोजगार सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन) गर्ने पटेलले बताएका छन्। स्थानीय युवालाई विभिन्न व्यावसायिक तालिम प्रदान गरी स्वरोजगार र उद्यमतर्फ आकर्षित गर्ने तथा सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाउने उनको प्रतिबद्धता छ।

यसैगरी, (सहिद परिवारको सम्मान र रोजगारीको व्यवस्थापन) गर्ने विषयलाई पनि उनले आफ्नो महत्वपूर्ण एजेन्डाका रूपमा अघि सारेका छन्। सहिद परिवारको योगदानको सम्मान गर्दै उनीहरूको आर्थिक तथा सामाजिक अवस्था सुधारका लागि स्थानीय तहबाट आवश्यक सहयोग र रोजगारीका अवसर सिर्जना गर्ने पटेलको योजना छ।

(जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सम्मान र संरक्षण) लाई पनि प्राथमिकतामा राखिने उनले बताएका छन्। उनीहरूलाई सामाजिक सुरक्षा, आवश्यक सहयोग तथा सम्मानजनक जीवनयापनका लागि गाउँपालिकाबाट प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पटेलले व्यक्त गरेका छन्।

पटेलले विकासका योजनाहरू जनताको आवश्यकता र स्थानीय समस्याका आधारमा अघि बढाउने बताएका छन्। गाउँपालिकाको विकासमा युवाको सहभागिता बढाउँदै पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई प्राथमिकता दिने उनको भनाइ छ।

आगामी स्थानीय निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी गरेका पटेलले आफ्ना एजेन्डालाई जनतामाझ पुर्‍याउँदै गाउँपालिकाको समग्र विकासका लागि आफूलाई अवसर दिन मतदातासँग आग्रह गर्ने तयारी गरेका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content