सामाजिक अभियान्ता एवं युवा नेता पाण्डेयको पहलमा ६००० बिरुवा स्थानीयलाई हस्तान्तरण पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरी मा सब...
सामाजिक अभियान्ता एवं युवा नेता पाण्डेयको पहलमा ६००० बिरुवा स्थानीयलाई हस्तान्तरण पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरी मा सबैया वन समितिका उपाअध्यक्ष असलम आलमको विशेष पहलमा ६००० हजार विरुवा उपलब्ध गराइएको छ र वडा अध्यक्ष पुनिलाल साह तेली र युवा नेता मनमोहन पाण्डेयको विशेष पहलमा उक्त बिरुवा वितरण गरिएको हो। वातावरणलाई स्वच्छ बनाउने अभियान लिएर यो छौ हजार बिरुवा स्थानीय बासिन्दाहरूलाई उपलब्ध गराइएको सामाजिक अभियान्ता एवं युवा नेता मनमोहन पाण्डेयको विशेष पहलमा उपलब्ध भएको हो
वातावरणलाई स्वच्छ र हरियाली बनाउने अभियानका साथ विश्व वातावरण दिवसको अवसर पारेर समाजिक अभियन्ता एवं युवा नेता पाण्डेयको यो पहलले अहिले स्थानीयहरू हर्षित भएका छन् बोट बिरुवाहरू लगाउनुपर्छ यसले वातावरण स्वच्छ रहनुका साथै मानिसहरूको लागि अति आवश्यकता अक्सिजन यही बोटबिरुवाबाट पाउने भएकोले यस्ता सामाजिक अभियानमा लाग्नु अति उदाहरणीय काम भएको स्थानीयहरूको भनाइ रहेको छ समाजिक अभियन्ता एवं युवा नेता मनमोहन पाण्डेयले बताए अनुसार स्थानीय बासिन्दाहरूले फेरि पनि बिरुवाहरूको माग गरेको खण्डमा आफूले आगामी दिनमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।





COMMENTS