कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम भब्य रुपमा सम्पन्न आ आफ्नो जिम्मेवारी निभाउन प्रमुख अतिथि बन्जाराको आग्रह
वीरगञ्ज । बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रेल्वे रोड स्थितमख रहेको कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूलाई विभिन्न जिम्मेवारी प्रदान गर्दै ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले विद्यार्थीहरूलाई ब्याच वितरण गर्नुका साथै सपथ ग्रहण कार्यक्रममा आफूहरूले पाएको जिम्मेवारी सधैँ विद्यालयको हकमा कार्यान्वयन गर्दै आफ्नो नाम उचाइमा पुर्याउनुका साथै समाजमा आफूहरूलाई पहिचान हुने खालको काम गर्न सुझाव दिनुभएको थियो। उनले हिजोका दिनमा यस विद्यालयले समाजमा आफ्नो मान प्रतिष्ठा र इज्जत जसरी राखिरहेको थियो आज पनि त्यसरी नै यस विद्यालयका शिक्षक शिक्षिकाहरू सञ्चालकहरू एवं प्रिन्सिपलले जिम्मेवारीअनुसार काम गर्न सुझाब दिनु दिनुभएको छ। यस विद्यालयले आफूलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गरेर विद्यालयले शोभा बढाउने काम गरेकोमा विद्यालयप्रति आभारी व्यक्त गर्दै आफूबाट गर्नुपर्ने सहयोग र मद्दत सधैँ रहने प्रतिबद्धता समेत प्रमुख अतिथि बन्जाराले उक्त कार्यक्रममा व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विद्यालयको अनुशासन, मर्यादा र जिम्मेवारीलाई आत्मसात् गर्दै आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासहित सपथ ग्रहण गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष बन्जाराले विद्यार्थीहरूले प्राप्त गरेको जिम्मेवारीलाई विद्यालयको हित र शैक्षिक वातावरण सुधारमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले विद्यार्थी जीवनमा अनुशासन, नेतृत्व क्षमता, जिम्मेवारीबोध र सकारात्मक सोचको महत्वपूर्ण भूमिका रहने बताउँदै आफूले पाएको जिम्मेवारी विद्यालयको हकमा पूर्ण रूपमा पालना गर्न निर्देशन समेत दिनु भएको हो।







अध्यक्ष बन्जाराले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र असल नेतृत्वकर्ताका रूपमा अगाडि बढ्न प्रेरित गर्दै विद्यालयको प्रतिष्ठा कायम राख्न सबैले आआफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थीहरु तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आफूले लिएको व्यक्त गरेका छन् । कञ्चनजघा इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बसन्त बुढाथोकीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र कुमाल टोलका सचिव श्रावण रायमाझी मधेस प्रदेशका दृष्टिविहीनका अध्यक्ष महेश शाह हिमालय न इन्सुरेन्स कम्पनीका शाखा म्यानेजर प्रमोदकुमार प्रजापति जगत समाचार एवं जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई मास्थन युवा क्लबका राहुल रौनियार पत्रकार जागिर हुसेन लगायतले ब्याच वितरण गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण कञ्चनजघा इङ्लिस बोर्डिङ स्कुलका निर्देशक मार्टिन मुक्तनले गर्नुभएको थियो।

COMMENTS