साउथ जोन माध्यमिक विद्यालयले विद्यालय संचालकको तर्फबाट सहयोग गर्ने र शिक्षक/ कर्मचारीको १ दिनको तलब बराबर सहयोग गर्ने निर्णय! बीरगञ्ज म...
साउथ जोन माध्यमिक विद्यालयले विद्यालय संचालकको तर्फबाट सहयोग गर्ने र शिक्षक/ कर्मचारीको १ दिनको तलब बराबर सहयोग गर्ने निर्णय! बीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधे माईमा रहेको साउथजोन माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकहरुसंग पनि सहयोग संकलन गरी एकमुष्ठ प्याब्सन पर्साको खातामा जम्मा गरी एकद्वार प्रणाली अन्तर्गत केन्द्रिय प्याब्सनद्वारा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सुरोज प्रसाद चौधरीले बताउनुभएको छ । अध्यक्ष चौधरीले प्याब्सन पर्सा संग आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरुले यसै अनुरूप सहयोग रकम संकलन गरी जम्मा गर्नुपर्ने भनी प्याब्सन बीरगंज र प्याब्सन पर्साले अपिल गर्नु भएको कुरा प्याब्सन पर्साको अध्यक्ष चौधरीले बताएका हुन् ! यस्तो परिस्थितिमा सबैको सहयोग र हातेमालो आवश्यकता रहने भएकोले साउथ जोन माध्यमिक विद्यालयले शिक्षक शिक्षिकाहरुले आफ्नो एक दिनको पारिश्रमिक उपलब्ध गराउनुका साथै अभिभावकहरू विद्यार्थीहरू संग आर्थिक सङ्कलन गरी थप विद्यालयको तर्फबाट सहयोग उपलब्ध गराएर प्याप्सन पर्साको खाता जम्मा गरि केन्द्रीय प्याप्सन कार्यालय मार्फत प्रधानमन्त्री दैविक प्रकोप कोषमा जम्मा गर्ने कार्यक्रम रहेको प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ

COMMENTS