बीरगंज पब्लिक कलेजले आफ्नो एपको उद्घाटन गर्दै मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्याले प्रविधिको विकाससँगै शैक्षिक संस्थाहरूले पनि आफूलाई समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो। उहाँले कलेजले आधुनिक प्रविधिको प्रयोगमार्फत विद्यार्थी, अभिभावक र शिक्षकरुलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने प्रयास गरेकोमा खुसी व्यक्त गर्दै यसले कलेजको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रविधिको प्रयोगले सूचना आदानप्रदानलाई छिटो, सहज र प्रभावकारी बनाउनुका साथै कलेजको शैक्षिक वातावरणलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन् । कलेजले आफ्नै मोबाइल एपमार्फत विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै डिजिटल शिक्षाको विकासमा समेत योगदान पुर्याउने लक्ष्य आफुले लिएको बताए ।पत्रकार सम्मेलनमा ,विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. द्शाक्याले प्रविधिको विकाससँगै शैक्षिक संस्थाहरूले पनि आफूलाई समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो। उहाँले कलेजले आधुनिक प्रविधिको प्रयोगमार्फत विद्यार्थी, अभिभावक र शिक्षकलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने प्रयास गरेकोमा खुसी व्यक्त गर्दै यसले कलेजको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रविधिको प्रयोगले सूचना आदानप्रदानलाई छिटो, सहज र प्रभावकारी बनाउनुका साथै कलेजको शैक्षिक वातावरणलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कलेजले आफ्नै मोबाइल एपमार्फत विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै डिजिटल शिक्षाको विकासमा समेत योगदान धारणा राख्नुभएको थियो। सूचना प्रविधिको बढ्दो प्रयोगसँगै शैक्षिक क्षेत्रमा पनि डिजिटल प्रणालीलाई प्राथमिकता दिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कलेजले आफ्नै एप सञ्चालनमा ल्याएको जनाएको छ। यसले विद्यार्थी, अभिभावक र शिक्षकबीचको सञ्चारलाई थप प्रभावकारी बनाउनुका साथै कलेजका गतिविधिलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सनलाइट कलेजका प्रिन्सिपल आलोक चौरसिया प्याप्सनका उपाध्यक्ष वीरेन्द्र यादव निरज अग्रवाल तथा विद्यार्थी एवं शिक्षक शिक्षिकाहरूको उपस्थित रहेको थियो कार्यक्रमको सहजीकरण दिव्या नकर्मीले गरेकी थिइन्।

COMMENTS