कादम्बरी एकेडेमी स्कुलले रु १ लाख ५१ हजार रसुवाका बाढीपीडितहरुलाई आर्थिक सहयोग
वीरगञ्ज । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि बीरगञ्ज महानगरपालिका वार्ड नं १३ मा रहेको कादम्बरी एकेडेमी स्कुलले रु १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
विद्यालयका प्रिन्सिपल राजेन्द्र आचार्यले बाढीपीडित नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय ब्यवस्थापन संचालक समिति कर्मचारी शिक्षक शिक्षिका विद्यार्थीहरुको तर्फबाट उक्त रकम सहयोग गरिएको जानकारी दिनुभएको छ।
प्रिन्सिपल आचार्यका अनुसार प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारहरूको दैनिक जीवनमा कठिनाइ उत्पन्न भएकाले उनीहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनु विद्यालयको सामाजिक उत्तरदायित्व भएको principal आचार्यले बताएका हुन।
कादम्बरी एकेडेमीले विपद्को समयमा पीडित नागरिकहरुको साथमा उभिँदै मानवीय सहयोगमार्फत प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरिएको हो यस सहयोग तथा पुनःस्थापनाको अभियानमा योगदान पुर्याउन विद्यालयले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै जाने प्रतिबद्धता principal आचार्यले जनाएका छन् । चेक हस्तान्तरण कार्यक्रममा कादम्बरी स्कुलका विद्यालय सञ्चालक दिपक कुमार तुलस्यान सुशील भट्टराई एन प्याब्सनका केन्द्रिय वरिष्ठा उपाअध्याक्ष रामबिनय चौरसिया एन प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ता नगर सचिब शेख अजय लगायतको उपस्थिति रहेको थियो!

COMMENTS