$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बालविवाह अन्त्य तथा बालउत्तरदायी बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न सबैले आआफ्नो जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धता

बालविवाह अन्त्य तथा बालउत्तरदायी बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न सबैले आआफ्नो जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धता  वीरगञ्ज । मध...


बालविवाह अन्त्य तथा बालउत्तरदायी बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न सबैले आआफ्नो जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धता 

वीरगञ्ज । मधेस प्रदेश सरकार, खेलकुद तथा समाजकल्याण मन्त्रालय, जनकपुरधाम, धनुषा तथा सवल नेपालको संयुक्त आयोजना तथा सेभ द चिल्ड्रेन र स्वीडेन सरकारको सहयोगमा बाल अधिकारसम्बन्धी अभिमुखीकरण तथा सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

बाल अधिकारका लागि नागरिक समाज सशक्तीकरण परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना–२०८२, बालबालिकामैत्री तथा उत्तरदायी बजेट संकेत कार्यविधि–२०८२ र राष्ट्रिय बालबालिका नीति–२०८० को कार्यान्वयनसम्बन्धी विषयमा सहभागीहरूलाई अभिमुखीकरण गराइएको थियो।

कार्यक्रममा विशेषगरी पर्सा र बारामा बालविवाह, बाल संरक्षण तथा यस क्षेत्रमा देखिएका चुनौती र समाधानका रणनीतिबारे छलफल गरिएको थियो। साथै बालविवाह अन्त्यसम्बन्धी रणनीति–२०८२ बारे स्पष्ट धारणा विकास, स्थानीय तहका असल अभ्यास तथा चुनौतीको आदान–प्रदान, बालउत्तरदायी बजेट संकेतको प्रयोग, बजेट कोडिङसम्बन्धी ज्ञान तथा त्यसको प्रयोग र आगामी कार्ययोजना निर्माणलगायतका विषयमा सहभागीहरूबीच छलफल भएको थियो।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले प्रशिक्षण दिँदै बालविवाह अन्त्य, बाल संरक्षण तथा बालउत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, नागरिक समाज तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनु भएको छ।

त्यसैगरी निरबहादुर आलेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै बालबालिकाहरुको अधिकार संरक्षण र बालविवाह अन्त्यका लागि नीति तथा कार्ययोजनालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै   अब यो  दुई दिने कार्यशाला गोष्ठीमा सहभागिता जनाएका सबै जिम्मेवार व्यक्तिहरूले कार्यान्वयन गर्न सुझाव दिनुभएको छ। ।

कार्यशाला गोष्ठीमा बाल सञ्जालका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि तथा बालकल्याण अधिकारीसहित करिब ३० जना महिला तथा पुरुषहरुको  सहभागिता रहेको थियो। सहभागीहरूले जिल्लागत रूपमा साझा कार्ययोजना निर्माण गर्दै बाल अधिकार संरक्षण तथा बालविवाह अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content