श्रीपुर वडा नम्बर ११ मा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न २५ जना मोतियाविन्दु फेला
वीरगञ्ज । नेपाल नागरिक फाउन्डेसन पर्सा वीरगञ्जको आयोजना तथा वीरगञ्ज सामुदायिक आँखा अस्पतालको सहयोगमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, श्रीपुरमा एकदिने निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सुरज महतो धानुकको सभापतित्व तथा नेता सुन्दर कुर्मीको प्रमुख आतिथ्यमा सो शिविर सम्पन्न भएको हो। शिविरमा स्थानीय बासिन्दाहरूको निःशुल्क रूपमा आँखा परीक्षण गरिएको अध्यक्ष धानुकले बताएका छन्। उनले भने आफूले आफ्ना वडाबासीहरूको लागि जेष्ठ नागरिक तथा अल्पसंख्यक हरूको निःशुल्क चेकजाँच गर्नुका साथै निःशुल्क अपरेसन गर्ने उद्देश्यले वीरगञ्ज सामुदायिक आँखा अस्पताल संग समन्वय र सहकार्य गरेर उक्त शिविर राखेको अध्यक्ष धानुकले बताएका हुन्। बीरगञ्ज सामुदायिक आँखा अस्पतालका चिकित्सक महेश सिंह धामीको नेतृत्वमा प्राविधिक टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। टोलीमा राजेश चौधरी, श्रुति चौधरी, ओमप्रकाश दास थारूलगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।



शिविरमा कुल ८५ जनाको आँखा चेकजाँच गरिएकोमा २५ जनामा मोतियाबिन्दुको समस्या फेला परेको चिकित्सक महेश सिंह धामीले जनाएका छन्। मोतियाबिन्दु देखिएका बिरामीहरूलाई आवश्यक उपचार तथा थप स्वास्थ्य परामर्शका लागि शनिबार सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएका हुन।
आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको अध्यक्ष धानुले जनाएका छन् । निःशुल्क आँखा चेकजाँच शिविरमा स्थानीयबासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। निःशुल्क आँखा चेकजाँच शिविरमा वडा नम्बर ११ का वडा अध्यक्ष अजय चौरासिया पूर्व वडा अध्यक्ष प्रदुमन सेढाई संस्थाका सचिव रामपित महत्तो धानुक कोषाध्यक्ष ज्ञानेन्द्र महतो धानुक सदस्य राजकुमार महत्व धानु क राम शाह लगायतको सहभागिता रहेको नेपाल नागरिक फाउन्डेसन पर्साका अध्यक्ष सुरज महतो धानुले जानकारी दिनुभएको छ।

COMMENTS