- जगत राई, वीरगंज, २७ मंसिर । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ५ मा स्थित भौरातारमा रहेको श्री नेपाल राष्ट्रिय सीताराम महतो माध...
वीरगंज, २७ मंसिर । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ५ मा स्थित भौरातारमा रहेको श्री नेपाल राष्ट्रिय सीताराम महतो माध्यमिक बिधालयको प्रारङ्गमा आज देखि ३ दिने निशुल्क मोतिया बिन्दु आँखा अपरेसन शिविर शुरु भएको छ।
जनमुखी युवा क्लब भौरातार पर्साको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र उत्कर्ष नेपालको समन्वयमा उक्त निशुल्क मोतिया बिन्दु आँखा अपरेसन शनिबारदेखि अर्थात २७ गतेदेखि २९ गतेसम्म शिविर संचालनमा आउने जनमुखी युवा क्लबका दुलरचन्द प्रसाद साहले बताएका छन् ।
उनलेे बताए अनुसार गरिव तथा विपन्न वर्गहरुको निशुल्क आँखाको मोतिया बिन्दु अपरेसन गर्ने उदेश्यले यो समाजसेवाको काम गरेको बताए । मानवीय जीवनको सबैभन्दा महत्त्वपूर्ण अंक भनेको मानिसको आँखा भएकोले हामीले करिब ६ सय भन्दा धेरैको निशुल्क उपचार गर्ने उदेश्यले तिलगंगा आँखा अस्पताल संग समन्वय गरेर यो पर्सा जिल्लामा सेवा गर्ने अवसर पाएको बताएका छन् ।
त्यसैगरी क्लबका अध्यक्ष शिवशंकर साहले बताए अनुसार यहाँ निशुल्क आँखाको अपरेसन तथा खान बस्ने सबै सेवा निशुल्क ब्यवस्थापन गरिएको बताएका छन् । हामीले यहाँ आँखा चेकजाँच गर्ने बिमारीलाई कुनै शुल्क नलिएको बताएका हुन ।शिविरमा डाक्टर हेमचन्द्र झा,डाक्टर एलिना ,डाक्टर सुशान्त अडिगा,डाक्टर दिप्पि लगायतको टोली रहेका छन् । भने अपरेसन शिविर कमान्डर रुविना श्रेष्ठ ,छनौट शिविर कमान्डर आशिष भट्ट रहेका छन् । शिविरमा छिमेकी देश भारत लगायत विभिन्न पालिकाहरुबाट सेवा लिन आएका छन् ।




COMMENTS