वीरगंज, २८ मंसिर । वीरगंज महानगरपालिकाकोे घण्टाघर नजिकको बिपी उद्यान पार्कमा सञ्चालन हुँदै आएको अस्थायी थोक तरकारी तथा फलफूल बजार आइतवार भत...
वीरगंज, २८ मंसिर ।
वीरगंज महानगरपालिकाकोे घण्टाघर नजिकको बिपी उद्यान पार्कमा सञ्चालन हुँदै आएको अस्थायी थोक तरकारी तथा फलफूल बजार आइतवार भत्काएको छ ।
सार्वजनिक उद्यानलाई व्यवस्थित र हरित पार्कका रूपमा विकास गर्ने दीर्घकालीन योजना अन्तर्गत डोजर प्रयोग गरी संरचना हटाइएको हो ।
वीरगंज–२ छपकैयास्थित रेल्वे रोड छेउमा करोडौं लगानीमा सुविधा सम्पन्न नयाँ थोक तरकारी तथा फलफूल बजार निर्माण गरी गत मङ्सिर २१ गतेदेखि सञ्चालनमा ल्याइ सकिएको हुनाले तरकारी व्यापारीहरुलाई सो स्थानको प्रयोग गर्न महानगरपालिकाले आग्रह गरेको छ ।
रेलवे रोडथित रहेको सो बजारमा खुद्रा र थोक कारोवार छुट्टाछुट्टै, फोहर व्यवस्थापन, पार्किङलगायतका आवश्यक सुविधा उपलब्ध वीरगज महानगरपालिकाले जनाएको छ ।
बिपी उद्यानमा व्यवसाय गर्दै आएका व्यापारीहरू नयाँ स्थानमा सर्न नमानेपछि पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरिएको भन्दै महानगर डोजर चलाएको हो । बिहान ५ बजेदेखि नगर प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा घेरामा अस्थायी टहरा तथा संरचना भत्काइएको थियो । सो क्रममा व्यवसायीहरूले विरोध जनाउँदै केही समय सडक अवरूद्ध गरेका थिए
फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष जगु साह तुराहाले पूर्वसूचना नदिई एकाएक डोजर चलाउँदा लाखौं रुपियाँँ बराबरको ताजा तरकारी र सामग्री नष्ट भएको बताएका छन् । उनले छपकैयाको बजार व्यवसायी र उपभोक्ताका लागि पायक नपर्ने जनाएका छन् ।

COMMENTS