- जगत राई, वीरगंज, २ पुस ।
पर्सा जिल्लाको पर्सागढीनगरपालिका वडा नम्बर ३ घर भएका सुनिता लामा गत २७ गते शनिबार बीरगंजको पुरानो बसपार्क स्थित त्रिशला होटलमा काम गर्ने अविबाहित युवातीको शंकास्पद मृत्यु भएको भन्दै सत्य तथ्य छानबिनका गर्न माग गदै स्थानीयले प्रशासनलाई खबरदारी जुलुस बीरगंजमा निकालेका थिए।
२१ वर्षीय लामा उक्त होटलमा काम गदै आइरहेको पिडित पक्षले बताएकाे छ। पर्सागढी नगरपालिका प्रमुख गोर्कण पाठले बताए अनुसार हत्या गरि मारेको हुन सक्ने भएकोले दोषीलाई कारवही हुनुपर्ने उचित छानबिन गरि न्याय पिडित पक्षलाई दिनुपर्ने भन्दै बुधबार पर्सागढी नगरपालिकाका स्थानीय बासिन्दाहरुले बीरगंजमा खबरदारी जुलुस निकालेर जिल्ला प्रशासन अगाडि विरोध प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । नगर अध्यक्ष पाठकले भने हामीलाई शंकास्पद घटना भएकोले प्रहरीले यसबारेमा छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउन हाम्रो माग रहेको बताए ।
हामीले आफ्नो कलिलो चेली गुमाएका छौं यो घटनामा केही न कोही संलग्न रहेको भन्ने हाम्रो ठमाइ रहेको किन भने कोठा भित्र यसरी मृत्यु भएकोे घटनाले काहिँ कसैको संलग्न रहेको हुन सक्ने भएकोले प्रहरीले चाडैं खोजबिन गर्न हाम्रो अपिल रहेको नगर प्रमुख पाठकले बताएका हुन ।सयौंको संख्यामा स्थानीय बासिन्दा न्याय खोज्दै बीरगंजमा आएका थिए। प्रहरीले यसबारेमा सुक्ष्म तरिकाले अनुसन्धान गर्ने पर्सा प्रहरीले जनाएको छ।


COMMENTS