शिक्षासँगै अतिरिक्त खेलकुद पनि स्वास्थ्यका लागि अपरिहार्य ज्ञानदा एकेडेमीले आफ्नो ११औँ वार्षिक खेलकुद कार्यक्रम भव्य रुपमा सम्पन्न । ज्ञा...
शिक्षासँगै अतिरिक्त खेलकुद पनि स्वास्थ्यका लागि अपरिहार्य ज्ञानदा एकेडेमीले आफ्नो ११औँ वार्षिक खेलकुद कार्यक्रम भव्य रुपमा सम्पन्न । ज्ञान्दा एकेडेमी स्कुलले
विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित विद्यालयले हरेक वर्षझैँ यो वर्ष पनि कार्यक्रम आयोजना गरि भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका अध्यक्ष सन्दीप कुमार तुलस्यानको अध्यक्षता तथा जंङग गण पर्साका महासेनानी प्रमुख लोकेन्द्र कार्की प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको हो। प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पर्सा जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक पूरण चन्द्रभट्ट अन्य अतिथिहरूमा सञ्चारकर्मी उज्ज्वल शर्मा, शङ्कर आचार्य, आसिक अन्सारीलगायतको उपस्थित रहेको थियो । विद्यालयका शैक्षिक प्रमुख सध्या वसिष्ठ, उपप्रधानाध्यापकका जागृति मिश्र तथा विभिन्न संयोजकहरूको पनि उपस्थिति थियो । विद्यालयका सञ्चालक समितिका पदाधिकारीहरूमा विनीत लोहिया, प्रेम जटिया, सोहन पोद्दार र जगरनाथ पटेलको पनि सहभागिता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य दिँदै प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक योगदान गर्ने भएकोले विद्यार्थीहरूलाई यस्ता क्रियाकलापमा सहभागी गर्न जरुरी रहेको बताए। प्रमुख कोइरालाले भने विद्यार्थीहरूको लागि शिक्षा मात्रै नपुग्ने भएकोले “मस्तिष्कलाइ जे राख्न खेलकुद अपरिहाले रहेको बताएका छन् ।

COMMENTS