$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ५३ जनाद्वारा रक्तदान

-जगत राई, वीरगंज, ९ पुस । सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवको अवसरमा बुधबार वीरगञ्जस्थित मुर्ली श्रीपुर शाखाको प्राङ्गणमा खुला रक्तदान कार्...

-जगत राई,
वीरगंज, ९ पुस । सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवको अवसरमा बुधबार वीरगञ्जस्थित मुर्ली श्रीपुर शाखाको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

सिद्धार्थ बैंक आदर्शनगर शाखाका प्रमुख मात्रिका प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंक केवल आर्थिक कारोबारमा सीमित नभई मानवीय जीवनसँग पनि प्रत्यक्ष जोडिनु आवश्यक रहेको उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको खनालले बताए। उनले १८ वर्षमाथिका सबै निरोगी व्यक्तिलाई नियमित रूपमा रक्तदान गर्न आग्रहसमेत गरे।

कार्यक्रममा मुर्ली श्रीपुर शाखाका प्रमुख भरत पौडेल, मधेस प्रदेश प्रमुख ज्ञानेन्द्र कार्की लगायतले समय–समयमा रक्तदान गर्दा जीवन रक्षा हुनुका साथै स्वास्थ्यसमेत सुदृढ रहने धारणा व्यक्त गरे।

सिद्धार्थ बैंक आदर्शनगर शाखाकी कर्जा इन्चार्ज स्वेता मानन्धरका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले प्रत्येक वर्ष यस्ता सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। उनले वार्षिकोत्सवको अवसर पारेर रक्तदानजस्तो अत्यन्त महत्वपूर्ण कार्यमा सहभागी हुन सबैलाई आग्रह गरिएको जानकारी दिइन्।

कार्यक्रममा  जि. डी. फर्मास्युटिकल   दीपम गोयलले सामाजिक जिम्मेवारी वहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्दै आएको बताए। उनले आदर्शनगरस्थित रंगशालामा  प्याब्सन द्वारा आयोजित दोस्रो संस्करणको छात्रा तथा जुनियर छात्र T-10 क्रिकेट प्रतियोगितामा समेत सहयोग गरिएको उल्लेख गर्दै, सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवको रक्तदान कार्यक्रममा पनि सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

रक्तदान कार्यक्रममा राम भण्डारी, शुभम सिन्हा, राजु पटेल, सागर खत्री, रुपा श्रेष्ठ, गृजेस अग्रवाल, बिटु गुप्ता, धन आले, स्मिता साह, विवेक सिंह, सुनिज श्रेष्ठ तथा युनियनका अध्यक्ष धर्मेन्द्र ठाकुरलगायतको उल्लेखनीय उपस्थिति रहेको कर्जा इन्चार्ज मानन्धरले जानकारी दिइन्। महिला तथा पुरुष गरी ५३ जनाले रक्तदान गरेका थिए ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content