जगत राई बीरगञ्ज १० पुस। डिएभी आरबी केडिया स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको बिहीबार एक कार्यक्रम बिच भब्य स्वागत कार्यक्रम सम्...
जगत राई
बीरगञ्ज १० पुस।
डिएभी आरबी केडिया स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको बिहीबार एक कार्यक्रम बिच भब्य स्वागत कार्यक्रम सम्पन्न भएको छ। डिएभी आर बी केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्रको अध्यक्षता तथा माउन्ट मकालु बोडिङ्ग स्कुलका प्रिन्सिपल एवम् प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा उक्त स्वागत कार्यक्रम सम्पन्न भएको हो ।स्वागत समारोहमा प्याब्सन महानगर अध्यक्ष श्रीवास्तवले भने उच्च शिक्षा हासिल गर्न यस डिएभी आर बी केडिया स्कुलमा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
अध्यक्ष श्रीवास्तवले भने बिधालय तथा अभिभावकको चाहना पुरा गर्न विद्यार्थीहरुले आफ्नो लक्ष्य निधारण गरि ध्यान पुर्वक उच्च शिक्षा हासिल गर्न अनुरोध गरेका छन् । बीरगंजमा रहेको कलेजहरु मध्ये यो डिएभी आर बी केडिया स्कुल पनि एउटा गुणस्तरीय शिक्षा प्रदान गर्ने स्कुलको रुपमा परिचित रहेको नगर अध्यक्ष श्रीवास्तवको भनाइ रहेको छ। बीरगंजमा नै विद्यार्थीहरुलाई राम्रो र उच्च शिक्षा हासिल गर्ने वातावरण रहेको छ भन्ने अनुभुती दिलाउन प्याब्सन महानगरले छात्रवृत्ति प्रदान गरेर विभिन्न कलेजहरुमा विद्यार्थीहरुलाई भर्ना गरेको चर्चा समेत गरेका थिए।
कक्षा १० वा एसइइ परिक्षा पास गरेपछि बीरगंजबाट पलायन हुने वातावरणलाई आफ्नो कार्यकाल बाट केही रोक्ने प्रयास गरिरहेको उक्त स्वागत समारोहमा अध्यक्ष श्रीवास्तवले बताएका हुन । स्वागत समारोहमा डिएभी आर बी केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्रले सबै विद्यार्थीहरुलाई टीका खाढा ओडाएर स्वागत गरेका हुन ।उनलेे भने आफ्नो डिएभी आर बी केडिया स्कुल रोक्नु भएका विद्यार्थीहरुलाई आफ्नो स्कुलले शिक्षा क्षेत्रमा कुनै कन्चुसाई नगर्ने बताएका छन्। स्वागत समारोहमा विभिन्न बिषयगतका शिक्षक शिक्षिकाहरु बिधालय प्रशासन प्रमुख एवम् डिएभी आरबी केडिया स्कुलका संचालकहरुको समेत भब्य उपस्थित रहेको थियो ।

COMMENTS