जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औ वार्षिक साधारण सभा सम्पन्न।
जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा आज नगरसभा गृहमा सम्पन्न भएको छ। संस्थाका सञ्चालक समितिका अध्यक्ष नगनारायण सिंह को सभापतित्व तथा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य एवं नेकपा एमालेका बुद्धिजीवी नेता शम्भु गुप्ताको प्रमुख अतिथिमा सो सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो। यस सहकारी संस्थाले सासाना पुँजी भएका सर्वसाधारणको रकम सुरक्षित राख्ने उद्देश्यले यो सहकारी संस्थाको स्थापना भएको बताए।
सहकारी संस्थामा रकम बचत गर्दाखेरि चिनजान भएको व्यक्तिहरूको संस्थामा मात्र राख्न गर्नेु भएको थियो। वार्षिक साधारणसभामा शेयर सदस्य बलिराम प्रसाद कुशवाहा पुर्व सिडिओ बलिराम सिंह लगायतलाई दोसल्ला तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो। वार्षिक साधारण सभामा निरसिंह स्कुलका प्रअ हरेन्द्र प्रसाद कुर्मी श्री जुद्ध स्कुलका पूर्व प्र रामेश्वर सिंह संस्थाका महासचिव विश्वास शाह संस्थाका कोषाध्यक्ष सहिद हुसेन निर्वाचन समितिका सुनिल कुमार यादव संस्थाका कर्मचारी विवेक सिंह बीरगञ्ज चिनी कारखाना आवाज क्षेत्र लिमिटेडका प्रबन्धक अवधत किशोर सिंह लगायतले आआफ्नो धारणा एवं शुभकामना दिनुभएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका वरिष्ठ नगर प्रमुख सञ्जयकुमार झाले गरेका थिए। वक्ताहरूले अरु सहकारी संस्था भन्दा धेरै उपलब्धि गरेको बताएका थिए। यस सहकारी संस्थाले विपन्न तथा आर्थिक पछाडि पढेका व्यक्तिहरूको अहिले धेरै माथि उकास्ने काम गरेको जिकिर गरेका थिए।





COMMENTS