प्रधानमन्त्री सुशीला कार्कीको निमन्त्रणामा तीन दलका शीर्ष नेता शनिबार बालुवाटारमा उपस्थित भएका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' अपराह्न पौने ४ बजे बालुवाटार पुगेका हुन्।बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले बोलाएको शनिबारको छलफलको सुरूआत सञ्चारमन्त्री जगदिश खरेलले गरे।मन्त्री खरेलले सबभन्दा पहिले एमाले अध्यक्ष ओलीलाई बधाइ दिए, 'तपाईंहरूले सफलतापूर्वक महाधिवेशन सम्पन्न गर्नुभयो, यहाँहरूलाई हार्दिक बधाइ।'मन्त्री खरेलले अब बधाइ दिने पालो थियो कांग्रेस सभापति देउवालाई।जेनजी आन्दोलन क्रममा आक्रमणमा परेर घाइते भएका देउवा 'रिकभर' भएर आएको र पार्टीलाई फेरि चलायमान बनाएको भन्दै खरेलले देउवाको तारिफमा केही शब्द खर्चिए। हत्तेरी चुनावमा जाने भनेपछि भइगो त ओलीलाई रोक्दै देउवाले भने कति त्यही कुरा गर्या यार !सेना परिचालन गर्ने भइसकेको छ। त सेना परिचालन चुनावको सुरक्षाका लागि त हो नि!

COMMENTS