बीरगज/ १० पुस राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्यसमिति पर्साको बिस्तारित बैठकले पर्सा जिल्लाको चारवटै क्षेत्रका लागि प्रतिनिधि सभा...
बीरगज/ १० पुस
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्यसमिति पर्साको बिस्तारित बैठकले पर्सा जिल्लाको चारवटै क्षेत्रका लागि प्रतिनिधि सभा सदस्यहरुको नाम टुंगो लगाएको जिल्ला संयोजक राजेश कुमार साहले जानकारी दिनुभएको छ। बुधबार बसेकाे बिस्तारित बैठकले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यका लागि १ नम्बर क्षेत्र बाट अनिरुदृ प्रसाद कलवार,२ बाट इसलाम हवारी,३ बाट नेजामुदिन समानी,४ बाट राजेश कुमार साहको उमेदवार सिफारिस गरिएको जिल्ला संयोजक साहले बताएका छन् ।पर्सा जिल्लामा यसपटक पुराना सांसदहरुलाई परिवर्तन गरि नयाँ सांसदहरू ल्याउने संकेत पर्सा जिल्लाबासीहरुको भनाइ रहेको छ। उनीहरूले बताए अनुसार पटकपटक एकै ब्यक्ति सांसद हुर्दा उनीहरूको धेरै मनोबल भएको आरोप समेत स्थानीयहरुले लगाएका छन् ।

COMMENTS