वीरगंज, ४ पुस ।जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोइनसहित चारजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार २ बजे वीरगंज महानगरपालिका ...
वीरगंज, ४ पुस ।जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोइनसहित चारजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार २ बजे वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमाचोक सडकखण्डबाट प्रहरी चौकी बसपार्क र लागु औषध नियन्त्रण व्यूरो बीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले सूचनाको आधारमा खैरो हेरोइनजस्तो देखिने ४५ ग्राम पदार्थ (प्लाष्टिक सहित) ४ जना मानिसलाई पक्राउ गरेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी गराएका छन् ।
वीरगंज महानगरपालिका वडा नं. १९ विन्दवासिनी बस्ने वर्ष ३० को शम्भु राउत कम्करको जिन्स पाइन्टको खल्तीमा कागजले बेरिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४५ ग्राम फेला परेपछि वीरगंज म.न.पा.वडा नं. १६ बस्ने वर्ष १९ को चन्दन कुमार पंडित, पर्साको बहुदरमाई न.पा.वडा नं.१ बस्ने वर्ष ४० को राज किशोर मिश्रा, भारत बिहार राज्य मोतिहारी जिल्ला छटौनी थाना वडा नं.६ बस्ने वर्ष २७ को सचिन सिंहलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

COMMENTS