वीरगंज, ९ पुस । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ४ सुहपुरमा सामुदायिक स्वास्थ्य सेवा इकाई सुहपुर सोहरीको कार्यालयको पूर्व मन्त्री एवम् नेपाल...
वीरगंज, ९ पुस । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ४ सुहपुरमा सामुदायिक स्वास्थ्य सेवा इकाई सुहपुर सोहरीको कार्यालयको पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले रिबन काटेर उदघाटन गर्नुभएको थियो।
जगरनाथपुर गाउँँका प्रमुख श्रीकान्त प्रसाद यादवले सामुदायिक स्वास्थ्य सेवा इकाई सुहपुर सोहरीको कार्यालयको उदघाटन समारोहमा गाउँँपालिकाले स्थानीय तहमा नै जनताको स्वास्थ्य,शिक्षा सेवा सुविधा सम्पन्न होस् भन्ने उद्देश्यले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताउनुभयो ।
घर दैलोमा उपचार पाउन सफल होस् मेरो चाहना रहेकोले शिविरमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा टिबि छाती विशेषज्ञ डाक्टर मनोज गुप्ता,वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नरेश कुमार कर्ण लगायतको टोलीले स्थानीय जनतालाई स्वास्थ्य सेवा इकाईको स्थापनाले स्थानीय नागरिकहरूलाई आफ्नो वडामा हाडजोर्नी तथा फिजिसियनको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरून्ले उद्देश्यले आफ्नो पहलमा पालिकाले काम गरेको जगरनाथपुर गाउँँपालिका प्रमुख श्रीकान्त प्रसाद यादवले बताउनुभयो ।
गापा प्रमुख यादवको अध्यक्षतामा सम्पन्न सामुदायिक स्वास्थ्य सेवा इकाई सुहपुर सोहरीको कार्यालयको उदघाटन समारोहमा जनप्रतिनिधि वडा अध्यक्षहरू, वडा सदस्य तथा स्थानीय बासिन्दाहरूको उपस्थित रहेको थियो ।




COMMENTS