बीरगंज महानगरपालिका वार्ड नं २५ सिर्सिया टोलमा आज सशस्त्र प्रहरीले छापा मारेको हो। विशेष सूचनाको आधारमा रामाकान्त पटेलको घरमा सीमा सुरक्षा ...
बीरगंज महानगरपालिका वार्ड नं २५ सिर्सिया टोलमा आज सशस्त्र प्रहरीले छापा मारेको हो।
विशेष सूचनाको आधारमा रामाकान्त पटेलको घरमा सीमा सुरक्षा बल सशस्त्र प्रहरी भन्सारले छापा मार्ने क्रममा केही सामानहरु ल्याएको भन्ने सूचनाको आधारले उक्त घरमा भन्सारका कर्मचारी तथा सशस्त्र प्रहरी टोलीले छापामारी गरेको थियो तर अन्तमा प्रहरीले उक्त सशस्त्र प्रहरीले उक्त पटेलको घरबाट कुनै पनि सामानहरू बरामद नगरेको स्थानीय बासिन्दाहरुले स्थानीय बासिन्दाहरूले आक्रोशित व्यक्त गरेका थिए।
बिना सूचनाको आधारमा घरमा छापामारी गरेको भनेर दुख व्यक्त गरेका थिए। सीमा सुरक्षा बल सशस्त्र प्रहरीले भन्सारमा चेकजाँच गर्ने क्रममा आर्थिक लेनदेन गरेर मात्र नेपाल भित्राउन दिने गरेको उनीहरुको भनाइ रहेको छ अहिले विभिन्न बहानामा दुःख दिने गरेको र चेकजाँच गर्ने नाममा नागरिकहरुलाइ दुख दिने बाहेक अरु केही नभएको उनीहरुले आरोप लगाएका छन् । भन्सारमा चेकजाँचको नाममा आर्थिक लेनदेन गरेर सामानहरु छोड्ने गरेको स्थानीय बासिन्दाहरूले आरोप लगाएका छन्।
बिहीबार उक्त घरमा कुनै पनि सरसामानहरु फेला परेन।स्थानीय बासिन्दाहरूले यसरी सशस्त्र प्रहरी तथा भन्सारका कर्मचारी प्रवेश गनाले आतङ्कित भएको थियो। बिना इजाजत बिना कसैको घरमा एक्कासी प्रवेश गर्नाले स्थानीय बासिन्दाहरू आक्रोशित भएका थिए। सीमा सुरक्षा भन्सार कार्यालयका डीएसपीको टोलीले उक्त घरमा चाहिँ छापा मारेको थियो। अन्तमा सशस्त्र प्रहरी र भनसार कार्यालयका कर्मचारीले कुनै पनि सामानहरु बरामद नगरेपछि केवल कागजी मात्र मुचुल्का बनाएर गएका थिए।

COMMENTS