वीरगञ्ज । निजी तथा आवासीय विद्यालय organization (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पुस १३ गते (बारौँ दिन) छ वटा प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्रतर्फका विभिन्न विद्यालय टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
बारौँ दिनको पहिलो खेल (जुनियर छात्र) गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र लिटल फ्लावर सेकेन्डरी स्कुलबीच सम्पन्न भयो। खेलमा लिटल फ्लावर सेकेन्डरी स्कुलले ७ विकेटको जित हात पार्यो। उक्त खेलका प्लेयर अफ द म्याच सुशांक गुप्ता घोषित भए।
दोस्रो खेल (छात्रा) गौतम सेकेन्डरी स्कुल र साउथ जोन सेकेन्डरी स्कुलबीच भएको थियो। सशक्त प्रदर्शन गर्दै साउथ जोन सेकेन्डरी स्कुलले १० विकेटको फराकिलो जित दर्ता गर्यो। यस खेलकी प्लेयर अफ द म्याच शिवानी साह घोषित भइन्।
त्यसैगरी तेस्रो खेल (जुनियर छात्र) एस.आर. ग्यालेक्सी एकेडेमी र गोल्डेन फ्युचरबीच सम्पन्न भयो। प्रतिस्पर्धात्मक खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले १५ रनको जित निकाल्न सफल भयो। उत्कृष्ट प्रदर्शन गरेका राजन साह प्लेयर अफ द म्याच बने।
चौथो खेल (छात्रा) एस.आर. ग्यालेक्सी एकेडेमी र बेकन सेकेन्डरी स्कुलबीच खेलिएको थियो। खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले ८ विकेटको सहज जित हात पार्यो। यस खेलकी प्लेयर अफ द म्याच दीक्षा गिरी घोषित भइन्।
बारौँ दिनको पाँचौँ खेल (जुनियर छात्र) सुर्योदय सेकेन्डरी स्कुल र ज्ञान वाटिका स्कुलबीच सम्पन्न भयो। उत्कृष्ट टोलीगत प्रदर्शन गर्दै सुर्योदय सेकेन्डरी स्कुलले ७ विकेटले जित दर्ता गर्यो। यस खेलका प्लेयर अफ द म्याच साहिद देवान घोषित भए।
दिनको अन्तिम खेल (छात्रा) लिटल फ्लावर सेकेन्डरी स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमीबीच भएको थियो। कडा प्रतिस्पर्धापछि लिटल फ्लावर सेकेन्डरी स्कुलले १२ रनको जित हात पार्यो। उक्त खेलकी प्लेयर अफ द म्याच अर्चना ठाकुर घोषित भइन्।
आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गरेको छ। खेलप्रतिको दर्शकको उत्साह र विद्यालयहरूको सक्रिय सहभागिताले प्रतियोगिता थप रोचक बन्दै गएको प्याप्सन महानगर सचिव अमित आलोकले जानकारी दिनुभएको छ।




COMMENTS