वीरगंज, ५ पुस । बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार होटल बैङक...
वीरगंज, ५ पुस । बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार होटल बैङकमा सम्पन्न भएको छ।
संस्थाका संचालक समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न सो साधारणसभामा संस्था आर्थिक सल्लाहकार दिपेन्द्र गोविन्द बैधले स्वागत मनतब्य तथा संस्थाका ब्यवस्थापक मुन्ना कुमार ठाकुरले संस्थाको वार्षिक आयब्याय प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उहाँले यो संस्था २०६७ अशोज २२ गते शुक्रबार देखि ३३ जना बाट रु २० लाख रकम शुरुआत गरेको अहिले संस्था संग रु ५ करोड ११ लाख ५ हजार ५२६ रकम कुल निक्षेप रहेको बताएका छन् ।अहिलेसम्म संस्थामा संस्थापक शेयरधनीहरु र सदस्यहरुको शेयर पुजी २०८१/८२ मा ८९ लाख ६७ हजार र संस्थामा कुल सदस्यहरु १३२५ रहेका छन् ।
पुरुष ७०२ महिला ६२५ रहेको छ।संस्थाले अहिलेसम्म कर्जा लगानी रु ६ करोड ७१ हजार र ब्यवस्था अघि नाफा २३ लाख ३१ हजार २४५ रहेको छ।कर पछि नाफा रु १८ लाख ६४ हजार ९९६/ र ब्यवस्था पछि नाफा रु ६ लाख ७८ हजार ४७९ रहेको उक्त प्रतिवेदनमा उल्लेख गरेका हुन । संचालक समितिका सचिव राजेश बहादुर श्रेष्ठले संस्थाले सामाजिक उतरदात्य अनुसार विभिन्न समयमा विपन्न वर्गका जेहेन्दारहरुलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गदै आइरहेको समेत बताएका छन् ।
संस्थाले सामुदायिक बिधालयहरुमा शैक्षिक सामाग्रीहरु समेत वितरण गदै आइरहेको बताएका हुन ।वार्षिक साधारणसभामा परिवार बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सुनिल श्रेष्ठ ,कोषाध्यक्ष संजय कुमार श्रेष्ठ ,महिला सदस्य सुनैना मानन्धर तथा शेयरधनीहरु तथा बचतकर्ताहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।वार्षिक साधारणसभामा अध्यक्ष कृष्ण कुमार श्रेष्ठले भने हामी सानोतिनो ब्यापार गर्ने ब्यापारी देखि सडकमा दुईचार पैसा कमाउने ब्यक्तिहरुको रकम संकलन गरि उनीहरूलाई आवश्यकता परेको बेला एकमुष्ठ दिन सक्ने र आपत परेको बेला सो रकमले उनीहरूको समस्या साधन होस् भन्ने उदेश्यले यो सहकारी स्थापना गरिएको बताएका छन् ।कार्यक्रमको सहजिकरण परिवार बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिका सचिव राजेश बहादुर श्रेष्ठले गर्नुभएको थियो ।साधारणसभाले नयाँ संचालक समिति चयन गर्ने सचिव श्रेष्ठले जानकारी दिनुभएको छ।



COMMENTS