बीरगंज महानगरपालिकाले क्रिकेट प्रतियोगिता र फुटबल खेल क्षेत्रमा ध्यान दिएको टायक्वान्डोमा चासो खैइ प्रशिक्षकको आरोप।।
हालै भारतमा भएको सनराइज टायक्वान्डो डोजाङ्गका खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा तिन स्वर्ण पदक जिते तर बीरगंज महानगरपालिकाले क्रिकेट प्रतियोगिता र फुटबल खेलाडीहरूलाइ प्रोत्साहन गरेको प्रशिक्षकको गुनासो रहेको छ यसपटक पर्साबासीले प्रतिनिधित्व गरेको खेलाडी जित हासिल गरेको छ तर बीरगंज महानगरपालिकाले खैइ सम्मान गरेको हो भन्दै अहिले चर्चा शुरु भएको हो।
भारतको कालीपुङ्गमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय टायक्वान्डो प्रतियोगितामा बिरगंजस्थित सनराइज टायक्वान्डो डोजाङ्गका चार खेलाडी सहभागी भएका मध्ये तीन जना खेलाडीले स्वर्ण पदक जित्न सफल भएका छन् भने एक खेलाडीले तृतीय स्थान हासिल गरेका छन्। प्रतियोगिताको समापन समारोहमा खेलाडीहरूको उत्साह र मनोबल बढाउँदै भारतका जनरल सचिव, टायक्वान्डो फेडेरेसनले स्वयम् रञ्जितकार, स्वास्तिक श्रेष्ठ र सिवान्स गुप्ता लगायतका खेलाडीहरूलाई स्वर्ण पदकसहित प्रमाणपत्र हस्तान्तरण गरेका सनराइज टायक्वान्डो डोजाङ्गका प्रशिक्षक प्रमुख राजेन्द्र साहीले जानकारी दिएका छन्। अहिले विभिन्न संघ संस्थाले क्रिकेट प्रतियोगिता र फुटबल खेलाडी जित हासिल गरेकोा ब्यक्तिहरुलाई मात्र सम्मान गरेको देख्न सकिन्छ तर टायक्वान्डो खेलाडीहरुको आत्मा सम्मान खोइ दिएको भनेर प्रशिक्षकले भनेका छन्। उनले बताए अनुसार कम्तीमा प्रोत्साहन त दिनुपर्छ भनेर गुनासो पोखेका हुन्।



COMMENTS