शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ अौ वार्षिक साधारणसभा सम्पन्न।। मयर्दित ब्यवसाय र प्रविधिमा सहकारी समता शक्ति विकासको लागि सदभावप...
शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ अौ वार्षिक साधारणसभा सम्पन्न।। मयर्दित ब्यवसाय र प्रविधिमा सहकारी समता शक्ति विकासको लागि सदभावपुर्ण सहकार्य भन्ने मुल नाराका साथ शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ अौ वार्षिक साधारणसभा नगर सभामा सम्पन्न भएको छ।
बीरगंज महानगरपालिका वडा नम्बर १३ रानीधाटमा रहेको उक्त शिवम् बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो। संस्थाका संचालक समितिका अध्यक्ष शिवजी प्रसाद कलवारको अध्यक्षमा सम्पन्न उक्त वार्षिक साधारणसभामा अध्यक्ष कलवारले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले आगामी वर्ष ४ करोड १ लाख नाफा तिर्ने ल्याएको लिएरको बताएका हुन्। संस्थामा अहिले ९ करोड वृद्धि भएको अध्यक्ष कलवारले बताएका छन्।
संस्थाले ९.१५ प्रतिशतले वृद्धि भएको समेत बताए। वार्षिक साधारणसभा वार्षिक आयब्य लेखा सुपरिवेक्षण संयोजक विकास जैसवाल आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वार्षिक साधारणसभामा सहकारी संस्थाका संचालक समितिका उपाध्यक्ष राजनारायण प्रसाद कलवारले स्वागत मन्तव्य गर्नुभएको थियो। वार्षिक साधारणसभामा संस्थाका संचालक समितिका सचिव शर्मानन्द कुशवाहा तथा सदस्यहरु भोला प्रसाद कलवार नसुदिन अहमद मनोज गुप्ता सोनु गुप्ता लगायतकाे उपस्थित रहेको थियो। संस्थाका प्रबन्धक राजेन्द्र जैसवालले संस्थामा भएको उपलब्धीहरुको बारेमा जानकारी दिनुभएको थियो। सबैले भने संस्था अहिले अरु सहकारी भन्दा धेरै उपलब्धि भइरहेको बताएका थिए। कार्यक्रमको संचालन संस्थाका कर्जा प्रमुख डिके जैसवालले गनु थियो।


COMMENTS