वीरगञ्ज। निजी तथा आवासीय विद्यालय organization (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज...
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय organization (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत चार वटा खेल सम्पन्न भएको छ।
आदर्शनगरस्थित रंगशाला जारी खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले खेल उत्कृष्ट प्रदर्शन गरेका हुन्
पहिलो खेल ( छात्र) मनकामना मावि स्कूललाई साउथ जोन स्कुलले ७ विकेट र जितेको हो । खेलको उत्कृष्ट प्रदर्शन गर्ने नितिस पटेल म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेल ( छात्र) हेबेन एकेडेमी स्कुलले लिटिल फ्लावर सेकेन्डरी स्कुललाई ४८ रनले जित हासिल गरेको हो। यस खेलको म्यान अफ द म्याच पृथ्वी पटेल भएका थिए
तेस्रो खेल ( छात्रा ) साउथ जोन सेकेन्डरी स्कुलले एस आर ग्यालेक्सी सेकेन्डरी स्कुललाई १२ रनले जित हासिल गरेको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्रीति साहनी म्यान अफ द म्याच घोषित भए। चौथो खेल छात्र मनकामना मावि र लिटिल फ्लावर सेकेन्डरी स्कुल बिच भएको खेलमा सुपर अोभरमा मनकामना माविले खेल जितेको छ।
यस्तै चौथो खेल (गर्ल्स) मा एसआर ग्यालेक्सी सेकेन्डरी स्कुलले बिकन एकेडेमी स्कुललाई ८ विकेटले पराजित गर्यो। खेलकी म्यान अफ द म्याच दीक्षा गिरी भइन्। पाँचौ खेल छात्र तर्फ गोल्डेन फ्युचरलाइ एसआर ग्यालेक्सी स्कुलले १५ रनले जितेको थियो
खेल (बोयज) मा लिटल फ्लावर सेकेन्डरी स्कुलले गोल्डेन फ्युचर एकेडेमी स्कुललाई ७ विकेटले पराजित गर्यो। यस खेलका म्यान अफ द म्याच राजन साह भएका थिए । प्याप्सन महानगर सचिव अमित आलोक ले प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको प्याप्सन महानगर सचिव आलोकले जानकारी दिनुभएको थियो।







COMMENTS