वीरगञ्ज। निजी तथा आवासीय विद्यालय organization (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पाँच खेल सम्पन्न ।
आदर्शनगरस्थित मैदानमा भएका खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले खेल उत्कृष्ट प्रदर्शन गरेका हुन्।
पहिलो खेल ( छात्रा ) तर्फ बिकोन मावि स्कूलले नवदिप एकेडेमी स्कुललाई ७ विकेटले पराजित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सोनाली गुप्ता म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेल (गर्ल्स) मा लिटिल फ्लावर सेकेन्डरी स्कुललाई माउन्ट एडमन्ड सेकेन्डरी स्कुलले ९ विकेटले पराजित गर्यो। यस खेलकी म्यान अफ द म्याच अर्चना ठाकुर बनिन्।
तेस्रो खेल ( छात्र ) मा साउथ जोन सेकेन्डरी स्कुलले ज्ञान बाटिकासेकेन्डरी स्कुललाई ९ विकेटले हरायो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितेश पटेल म्यान अफ द म्याच घोषित भए।
यस्तै चौथो खेल (गर्ल्स) मा children world सेकेन्डरी स्कुललाई अोम नेशनल एकेडेमी स्कुलले ९ विकेटले पराजित गर्यो। खेलकी म्यान अफ द म्याच प्रज्ञा क्षेत्री भइन्।
अन्तिम खेल (बोयज) मा मनकामना सेकेन्डरी स्कुलले सूर्योदय एकेडेमी स्कुललाई आठ रनले पराजित गर्यो। यस खेलका म्यान अफ द म्याच ओसिम आलम भएका थिए । प्याप्सन महानगर सचिव अमित आलोक ले प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको प्याप्सन महानगर सचिव आलोकले जानकारी दिनुभएको थियो।










COMMENTS