वीरगंज, ५ पुस । बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको बीरगंज कलेजमा अध्यानरत कक्षा ११ का विद्यार्थीहरुलाई शनिबार स्थानीय होटल भिसुवामा स...
वीरगंज, ५ पुस । बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको बीरगंज कलेजमा अध्यानरत कक्षा ११ का विद्यार्थीहरुलाई शनिबार स्थानीय होटल भिसुवामा स्वागत तथा तालिम सम्पन्न भएको छ।
बीरगंज कलेजका संचालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको अध्यक्षता तथा पर्सा जिल्ला अदालतका न्यायाधीश उपेन्द्र केशर खनालको प्रमुख आतिथ्यमा उक्त स्वागत तथा तालिमको उदघाटन समारोहमा विद्यार्थीहरुले सफलता प्राप्त गर्न संर्घष गर्न जरुरी रहेको बताएका छन् ।
उनलेे भने आफुले लक्ष्य निधारण गर्नुपर्ने हुन्छ तबमात्र गन्तव्यमा पुग्न सक्छ भनेर न्यायाधीश खनालले बताएका हुन ।आफ्नो आमाबाबुको आशा र भरोसा भन्दा पनि आफ्नो लक्ष्य आफैं तय गर्नुपर्छ तब भबिस्यमा राम्रो हुने बताएका छन् ।
न्यायाधीश खनालले भने आफू कर्णली प्रदेशको बिकत ठाउँको ब्यक्ति भएर पनि धेरै संर्घष गरेर आज यो ठाउँमा उभिएर कुरा गर्न सक्ने ब्यक्ति भएको बताए । पहिला पठनपाठनमा धेरै समस्या थियो तर अहिले धेरै सजिलो छ त्यसैले अहिले पढ्न गाह्रो नहुने न्यायाधीश खनालको भनाइ रहेको छ।
स्वागत तथा तालिम कार्यक्रममा कलेजले विभिन्न बिधाका विद्यार्थीहरुलाई पुरस्कार दिनुका साथै सम्मानित समेत गरेको अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले बताएका छन् ।कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मी ,क्याम्पस चिफ विनोद गुप्ता ,प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी ,परिक्षा प्रमुख डिके जैसवाल ,बीरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष माधवराजपाल लगायतले शुभकामना तथा आ,धारणा राख्नु भएको थियो ।कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।
COMMENTS