$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

श्री पारसनाथ महादेव मन्दिरको अतिक्रमण जग्गा ७ दिन भित्र हटाउने तयारी प्रमुख यादवको भनाई

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ स्थितमा रहेको ऐतिहासिक धार्मिक  श्री पारसनाथ महादेव मन्दिर स्थित महुवन मठ को अतिक्रमित ज...




पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ स्थितमा रहेको ऐतिहासिक धार्मिक श्री पारसनाथ महादेव मन्दिर स्थित महुवन मठको अतिक्रमित जग्गा खाली गराउन सरकारी निकायहरूले कडा कदम चालेका छन्। विगत लामो समयदेखि विवादित बनेको यस जग्गाका सम्बन्धमा गुठी संस्थान र गाउँपालिकाले जग्गा खाली गर्न ७ दिने अन्तिम अल्टिमेटम सुचना जारी गरेकाे छ यसपटक गुठी संस्थान शाखा कार्यालय वीरगन्जकी कार्यालय प्रमुख उर्मिला आचार्यले आफ्नो हस्ताक्षरसहित च.नं. २०३ को पत्र जारी गर्दै महुवन मठको कित्ता नं. २७६ मा रहेको ५ बिघा १७ कट्ठा १४ धुर जग्गामा बनाइएका घर-टहरा ७ दिनभित्र हटाउन उक्त सुचनामा उल्लेख गरिएको छ।
सोही पत्रका आधारमा सखुवा प्रसौनी गाउँपालिकाका  प्रमुख जसवन्त यादवले पनि सार्वजनिक सूचना जारी गर्दै जग्गा चाडो भन्दा चाडो खाली गरी धार्मिक सम्पत्ति संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभएको छ। प्रमुख यादवले पत्रमा हस्ताक्षर गर्दै यदि अटेर गरेमा कानुन बमोजिम जुनसुकै बल प्रयोग गरी संरचना हटाइने र सोमा लाग्ने खर्च अतिक्रमणकारीबाटै असुल गरिने समेत स्पष्ट पार्नुभएको छ।विगत लामो समयदेखि उक्त जग्गा खाली गराउने प्रयास भए पनि सफल हुन नसकेको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ यसपटक जसरी भए पनि हटाउने काम हुन्छ भनेर प्रमुख यादवले बताएका हुन्।



स्थानीय बासिन्दाले बताए अनुसार विगत लामो समयदेखि यो विवाद चल्दै आएको र राजनीतिक हस्तक्षेप र केही पूर्वाग्रहका कारण यो जग्गा खाली हुन सकिरहेको थिएन। अहिले गाउँ पालिकाप्रमुखले समेत पत्र काटेपछि अब भने जग्गा खाली हुने र मठको सम्पत्ति संरक्षण हुने स्थानीयबासीन्दाहरुले अपेक्षा गरेका छन्।गुठी संस्थान र गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सालाई समेत बोधार्थ गरि पठाएकाले धेरै प्रशंसनीय काम भएको उनीहरुले बताएका हुन्। गुठी र बालिकाले प्रशासनको अडामा अटेरी गर्नेलाइ हटाउन सकिने उनीहरुको भनाइ रहेको छ। स्थानीय बासिन्दाहरूले अब भने राजनीतिक प्रभावमा नपरी निष्पक्ष रूपमा अतिक्रमण हट्ने र धार्मिक क्षेत्रको संरक्षण हुने विश्वास व्यक्त गरेका छन्।



७ दिनको समयसीमाभित्र स्वतःस्फूर्त रूपमा संरचना नहटाएमा गाउँपालिका र गुठी संस्थानले सुरक्षा निकायको सहयोगमा डोजर लगाएर उक्त संरक्षण हटाउने तयारी भइरहेको पालिका प्रमुख यादवको भनाई रहेको छ। राजनीतिक आडमा गुठीको जग्गा अतिक्रमण गदै आईरहेकोले अब आफ्नो कार्यकालमा उक्त जग्गा गुठी संस्थानको नाममा ल्याउने तयारी भइरहेको प्रमुख यादवको भनाई रहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content