थारु पत्रकार संघ नेपाल पर्सा शाखाकी कोषाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्सा शाखाकी सचिव एन्जल चौधरीको ममतामयि आमा द...
थारु पत्रकार संघ नेपाल पर्सा शाखाकी कोषाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्सा शाखाकी सचिव एन्जल चौधरीको ममतामयि आमा देवकी कुमारी चौधरीको ६५ वर्षको उमेरमा निधन भएको छ।पटेर्वासुगौली गाउँपालिका वडा नं. २ बेलवामा आज बिहान उनको असामयिक निधन भएको हो। लामो समयदेखि सामान्य स्वास्थ्य समस्याबाट पीडित रहँदै आएकी देवकी कुमारीको निधनको खबरले परिवारजन, आफन्त तथा शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ।दिवंगत देवकी कुमारी एक सरल, मृदुभाषी तथा सामाजिक स्वभावकी महिला रहेको स्थानीयवासीहरूले स्मरण गरेका छन्। उनले आफ्नो जीवनकालमा परिवार र समाजप्रति समर्पित भूमिका निर्वाह गर्दै आएकी थिइन्।उनको निधनप्रति थारु पत्रकार संघ नेपाल, फोनिज पर्सा शाखा लगायत विभिन्न सामाजिक संघ–संस्थाहरूले गहिरो दुःख व्यक्त गर्दै शोक सन्देश जारी गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ। हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ।

COMMENTS