$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्याब्सन वीरगञ्जद्वारा दोस्रो संस्करणको छात्रा तथा जुनियर छात्र T–10 नकआउट क्रिकेट प्रतियोगिता बुधबारदेखि शुरु हुदै

जगत राई वीरगंज, १ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर...

जगत राई
वीरगंज, १ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र T–10 नकआउट क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ। प्रतियोगिता वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालामा आयोजना गरिनेछ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी मंगलबार सन साइन बोर्डिङ स्कुलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्याब्सन वीरगञ्जका सचिव अमित आलोकले दिनुभएको हो। उहाँका अनुसार विद्यार्थीहरूको गुणस्तरीय शिक्षासँगै खेलकुद, नृत्य तथा अनुशासन क्षमताको विकास गर्ने उद्देश्यले प्याब्सनले प्रत्येक वर्ष यस्ता खेलकुद कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्दै आएको छ।



पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगितामा प्याब्सन अन्तर्गतका विभिन्न निजी विद्यालयहरूबाट ३३७ जना छात्रा र ४३४ जना जुनियर छात्र गरी उल्लेख्य संख्यामा विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिनुभयो। प्रतियोगिताको उद्घाटन बुधबार बिहान ११ बजे वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो।

अध्यक्ष श्रीवास्तवका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाइनेछ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा ट्रफी, शिल्ड तथा पुरस्कारमार्फत सम्मान गर्ने लक्ष्य रहेको  छ। प्रतियोगिता सञ्चालनका लागि करिब ६ देखि ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा खेल सामग्री, पुरस्कार, ट्रफी तथा व्यवस्थापन खर्च समावेश गरिएका  छन्।

प्रतियोगितामा छात्रातर्फ कक्षा १० सम्मका विद्यार्थीहरू तथा जुनियर छात्रतर्फ कक्षा ६ सम्मका विद्यार्थीहरू सहभागी हुनेछन्। प्रतियोगिता T–10 नकआउट प्रणालीमा सञ्चालन गर्न  लागेको अध्यक्ष श्रीवास्तवले बताएका हुन ।पत्रकार सम्मेलनमा प्याब्सन जिल्ला कार्यसमिति सचिव अशोक संग्रोला, प्याब्सन महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा, हिसान जिल्ला उपाध्यक्ष आलोक चौरसिया, प्याब्सन महानगर सदस्य विजय बल, सल्लाहकार मार्टिन मुक्तान लगायतको उपस्थिति रहेको थियो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content