खेल क्षेत्रमा प्याब्सनले योगदान गरेकोमा नगर प्रमुख सिंहले गरे प्रशंसा
वीरगंज, २ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र T–10 नकआउट क्रिकेट प्रतियोगिताको उदघाटन बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान् सिंहले उदघाटन गर्नुभएको छ।
बुधबारदेखि सुरु भएको उक्त प्रतियोगिता वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालामा आयोजना भइरहेको छ नगर प्रमुख सिंहले प्याब्सनले छात्राहरूको लागि यो क्रिकेट प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा गर्नुभएको हो ।उनलेे भने खेल क्षेत्रमा केवल खेल मात्र हुनुपर्छ भाषाण गर्न नहुनेमा आफू रहेको बताए । विद्यार्थीहरुको शिक्षा संगै खेल क्षेत्रमा समेत प्याब्सनले राम्रो योगदान गदै आइरहेकोमा राष्ट्रका लागि र समाजका लागि पनि धेरै उपलब्धि हुने नगर प्रमुख सिंहले बताएका छन् ।
उहाँका अनुसार विद्यार्थीहरूको गुणस्तरीय शिक्षासँगै खेलकुद, नृत्य तथा अनुशासन क्षमताको विकास गर्ने उद्देश्यले प्याब्सनले प्रत्येक वर्ष यस्ता खेलकुद कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्दै आइरहेकोमा यो वर्ष पुन संचालनमा ल्याउने काम भएकोमा धन्यवाद दिदै यस्ता गतिविधि निरन्तरता दिइराख्नु पर्नेमा जोड दिनुभएको छ। छ। प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा प्याब्सन अन्तर्गतका विभिन्न निजी विद्यालयहरूबाट ३३७ जना छात्रा र ४३४ जना जुनियर छात्रहरुको सहभागिता रहेको छ।अध्यक्ष श्रीवास्तवका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक रहेको बताएका हुन ।
उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी खेलाडीहरूलाई विभिन्न विधामा ट्रफी, शिल्ड तथा पुरस्कारमार्फत सम्मान गर्ने लक्ष्य रहेको छ। प्रतियोगिता सञ्चालनका लागि करिब ६ देखि ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा खेल सामग्री, पुरस्कार, ट्रफी तथा व्यवस्थापन खर्च समावेश गरिएका छन्।प्रतियोगितामा छात्रातर्फ कक्षा १० सम्मका विद्यार्थीहरू तथा जुनियर छात्रतर्फ कक्षा ६ सम्मका विद्यार्थीहरू सहभागी हुनेछन्।
प्रतियोगिता T–10 नकआउट प्रणालीमा सञ्चालन गर्न लागेको अध्यक्ष श्रीवास्तवले बताएका हुन उदघाटन समारोहमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,प्रज्ञिक परिषद्का केन्द्रीय सदस्य डाक्टर हरि शंकर साह,मधेस प्रदेशका वरिष्ठ सल्लाहकार मनि पाख्रिन,लालबाबु राउत कुर्मी ,इमामुदिन अहमद, प्याब्सन जिल्ला कार्यसमिति पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह,सचिव अशोक संग्रोला,एन प्याब्सन महानगर अध्यक्ष जियालाल साह, प्याब्सन महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहाले स्वागत मनतब्य दिनुभएको थियो कार्यक्रमको सहजिकरण प्याब्सन महानगर सचिव अमित आलोकले गर्नुभएको थियो ।



COMMENTS