$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि -20 नकआउट क्रिकेट प्रतियोगिता तीन खेल सम्पन्न

पर्सा। प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत छैठौं ...


पर्सा। प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत छैठौं दिन तीनवटा खेल सम्पन्न भएका छन्। सबै खेलहरू १५–१५ ओभरमा आधारित थिए।

मनकामना माविको फराकिलो जितछैठौं दिनको पहिलो खेलमा मनकामना माध्यमिक विद्यालयले बीरगन्ज पब्लिक स्कूललाई ९८ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको मनकामनाले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १४६ रन बनायो।

जवाफी ब्याटिङमा उत्रिएको बीरगन्ज पब्लिक स्कूल मनकामनाको कडा बलिङ अगाडि टिक्न सकेन र ७ विकेट गुमाउँदै ४८ रनमै समेटियो। मनकामनाका अबुबक्कर समानी उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए।ओम नेशनलको संघर्षपूर्ण जित हासिल गरेको थियो।

दोस्रो खेलमा ओम नेशनल स्कुलले जीवन ज्योति माध्यमिक विद्यालयलाई १५ रनले हराएको छ। टस जितेर ब्याटिङ रोजेको ओम नेशनलले सबै विकेट गुमाउँदै १०० रनको योगफल तयार गर्‍यो।

१०१ रनको लक्ष्य पछ्याएको जीवन ज्योति टोलीले निर्धारित ओभर पूरा खेले पनि ८५ रन मात्र बनाउन सक्यो। ओम नेशनलका अरविन्द कुमार साह म्यान अफ द म्याच बने।एमईएसको प्रभावशाली प्रदर्शन छैठौं दिनको अन्तिम खेलमा एमईएसले फुर्कान एकेडेमीलाई ५० रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको एमईएसले १५ ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनायो।


जवाफमा फुर्कान एकेडेमी ९ विकेटको क्षतिमा ५५ रनमै सीमित भयो। एमईएसका एजाज खान उत्कृष्ट खेल प्रदर्शनका कारण म्यान अफ द म्याच घोषित भए।प्रतियोगितामा सहभागी विद्यालयहरूबीच प्रतिस्पर्धा दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको आयोजकले जनाएको छ। प्रतियोगिताका आगामी खेलहरूमा थप उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। 


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content