हरिखेतान बहुमुखी क्याम्पसले सुस्मिता यादवलाई नियुक्ति गरेसँगै क्याम्पसमा आगो सल्किएको छ। हरिखेतान प्राध्यापक संघ तथा हरि खेतान कर्मचारी यु...
हरिखेतान बहुमुखी क्याम्पसले सुस्मिता यादवलाई नियुक्ति गरेसँगै क्याम्पसमा आगो सल्किएको छ। हरिखेतान प्राध्यापक संघ तथा हरि खेतान कर्मचारी युनियन र विद्यार्थीहरूद्वारा क्याम्पसको विरोधमा प्रदर्शनमा उत्रिएका छन्। सुस्मिता यादवलाई नियुक्ति अवैधानिक र अस्वीकार हुने हरिखेतान प्राध्यापक संघका अध्यक्ष धमेन्द्र यादवले बताएका छन्। सामुदायिक क्याम्पस हरिखेतान भए पनि क्याम्पसको मुल मर्म भावना तथा सामुदायिक विपरीत खेतान परिवारले विधान परिवर्तन गरि क्याम्पसलाई निजी करण गर्ने गम्भिर प्रयास भइरहेको अध्यक्ष यादवले बताएका हुन्।
उनीहरूले आफ्नो स्वार्थ पूरा गर्न खेतान परिवारले अहिले विवाद सिर्जना गरेको छ। यादवको नियुक्तिसँगै अहिले क्याम्पसका विद्यार्थी प्राध्यापक कर्मचारीहरू आन्दोलनमा उत्रेका छन्। क्याम्पसले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न लागेको भन्दै अभिभावकहरू चिन्तित भएका छन्। क्याम्पसले गरिब जेहनदार विद्यार्थीहरूलाई कुनै किसिमको छाता वृद्धि नदिएको र उनीहरूको आफ्नो मनपरी ढङ्गबाट वितरण गरिरहेको अध्यक्ष यादवको भनाइ रहेको छ आफ्नो माग भनेको निजी विधान तुरुन्तै खारेज गर्नुपर्ने सामुदायिक क्याम्पस अनुसार विधान बन्नुपर्ने माग रहेको उपाध्यक्ष प्रीतिकुमारी सिंहले बताएकी हुन्।
खेतान परिवारले कहिले क्याम्पस चिप परिवर्तन कहिले कहाँ लेखापाल त कहिले प्रशासन प्रमुख परिवर्तन गर्नाले क्याम्पसमा अध्ययनरत गरिरहेका विद्यार्थीहरूको मानसिक तनावमा धेरै असर पुगिरहेको अभिभावकहरूको भनाइ रहेको छ। सामुदायिक क्याम्पस भनेर हामीले आफ्नो बालबालिकाहरूलाई भर्ना गरेका थियौँ। अहिले आएर विद्यार्थीहरूलाई न यता न उताको हुने खालको विवादहरू क्याम्पसले सिर्जना गरेपछि आफ्ना नानीहरूको भविष्य के हुने हो भने अभिभावक चिन्तित भएका छन्।











COMMENTS